१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मैदान सरसफाइमा जुट्दै भक्तपुरका खेलाडी

बक्सिङका राष्ट्रिय खेलाडी केदार तुइतुई शनिबार बिहानै भक्तपुर नगरपालिका-७ स्थित पाचाख्य मैदानको सरसफाइमा देखिए। उनीसँंगै भेटिए विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू। उनीहरू ठूलो क्षेत्रमा फैलिएर पनि उपयोगविहीन रहेको पाँंचाख्य मैदान सरसफाइमा जुटिरहेका थिए। तुइतुई जस्तै धेरै खेलाडीलाई भक्तपुरमा राम्रो र गतिलो खेलमैदान नभएकोमा चिन्ता थियो। यही कारण जिल्लाको खेलकुुद पनि सोचेजस्तै उभो लाग्न नसकेको उनीहरूको विश्लेषण छ।

यही कारण यो उपयोगविहीन ठाउँंलाई खेलकुदको क्षेत्रमा प्रयोग गर्ने सोचका साथ उनीहरू सरसफाइमा जुटेका थिए। पुराना खेलाडी विश्वराम कवाँले पहिला यो ठाउँं खेलकुदैका लागि प्रयोग हुने गरेको सम्झे। ‘पहिला हामीले यो ठाउँंलाई खेल खेल्नमै प्रयोग गर्थ्याैं ,’ उनले भने, ‘पछि विविध कारणले यो यसै अलपत्र पर्‍यो।

भक्तपुरमा अहिले दुईवटा मुख्य चल्तीका खेलमैदान छैन। एउटा भक्तपुरको दूधपाटीस्थित सहिद स्मृति खेलमैदान र अर्काे भक्तपुर नगरपालिका-७ महेश्वरीस्थित फुटबल मैदान।

सहिद स्मृति खेलमैदान सानो भएकोले त्यहाँं भलिबल, बास्केटबल, कपर्दीलगायतका खेल मात्र खेल्न उपयुक्त छ भने यता महेश्वरीको खेलमैदान भने ठूलो क्षेत्रफलमा फैलिएकाले फुटबल खेलमा प्रयोग भइरहेको छ।

यीबाहेकका अन्य विभिन्न खेलको अभ्यास गर्नका लागि यहाँंखेल मैदानको अभाव छ। यही अभावको पूर्ति गर्न उनीहरूले भक्तपुर नगरपालिका-७ हनुमानघाटस्थित महेश्वरी खेलमैदानको दक्षिणमा रहेको दुगुद्यः (देवतास्थल) को तल्लो भागमा रहेको खुला ठाउँलाई सरसफाइ गरिएको हो। सार्वजनिक जग्गाको रूपमा रहेको ठूलो क्षेत्रफलमा रहेको यो ठाउँंलाई खेलाडीहरूले सरसफाइ गरेका हुन्।

स्थानीय भक्तपुर युवा टिम, भक्तपुर नगरपालिका–७ वडा खेलकुद समिति, सिद्धि गणेश खेलकुद समिति, खंँचा पुखू खेलकुद समिति, सहिद स्मृति पुस्तकालय, स्टार वाचनालय, सिद्धि गणेश पुस्तकालय, सुपर ८ लगायतका संघसंस्थाका पदाधिकारीहरूले संयुक्त रूपमा सरसफाइ गरेका हुन्।

खुला ठाउँको रूपमा बिनाप्रयोगमा रहेको यो ठाउँंलाई सम्याउने काम गरेको हो। साथै चौरमा रहेका थुम्काथुम्की हटाउने, शिशा तथा अन्य प्लास्टिकलगायतका फोहोर हटाउने काम भएको हो।

सरसफाइमा स्थानीय क्लबका दुई दर्जनभन्दा बढी सदस्य बिहानभर खटिएका थिए। हालसम्म अलपत्र रूपमा रहेको यो ठूलो ठाउँलाई खेलमैदानका रूपमा प्रयोगमा ल्याउने उद्देश्यका साथ सरसफाइ गरिएको सहभागीहरूले जनाए।

भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले भक्तपुरको खेलकुद विकासका लागि सदुपयोग गर्ने योजनाका साथ सरसफाइ गरेको सुनाए। उनले विहान, बेलुकीको समयमा खेलाडीहरूले यो ठाउँंलाई सदुपयोग गर्ने उद्देश्य रहेको सुनाए। उनले खेलमैदानमा निकट भविष्यमै फुटसल प्रतियोगिता गर्ने योजना रहेको पनि सुनाए।

भक्तपुरमा खेलकुद मैदानको अभाव भइरहेको बेला यो ठाउँले अभाव पूर्तिलाई सहज बनाइदिने विश्वास उनको छ। यही कारण यो ठाउँलाई उपयोग गर्ने उनले सुनाए। ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँ पर्ती जग्गाका रूपमा रहेको बताइएको छ।

यो क्षेत्रलाई जोगाउन भक्तपुर नगरपालिकाले चारैतिर पर्खाल लगाई ठाउँं प्रवेश गर्न ठूलो फलामे गेट पनि राखेको छ। यही ठाउँंको दक्षिण दिशामा दुगुद्यः रहेको छ भने पश्चिम क्षेत्रमा शवदाह गृह छ। यहाँं नगरपालिकाले मेसिनबाट शवदाह गर्ने गरी शवदाह गृहको पनि व्यवस्था छ। शवदाह गृहमा शवको दाहसंस्कारका लागि त्यहाँं सार्वजनिक पाटीहरूको पनि व्यवस्था छ।

प्रकाशित: २६ कार्तिक २०८० ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App