१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

छैटौँ जुम्ला-रारा अल्ट्रा म्याराथन हुँदै

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि आउँदो वैशाख २७ गते जुम्ला-रारा अल्ट्रा म्याराथन हुँदै छ।

जुम्ला चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ५१ किलोमिटर दूरीमा अल्ट्रा म्याराथन हुन लागेको हो।

४९ किलोमिटर दूरीमा गर्दै आएको जुम्ला–रारा अल्ट्रा म्याराथन यो वर्षदेखि ५१ किमी दूरीमा गर्ने कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जनाएको छ ।

क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा टेवा पुग्ने बताए।खालीदेखि न्याउरीघाटसम्मको रुटसमेत परिवर्तन भएको बताए । अध्यक्ष शाहीले भने, ‘यो वर्षको म्याराथनले दौडन सहज नभएर जुम्लादेखि रारासम्म पदयात्राको प्रवर्द्धनसमेत गर्नेछ।’

चन्दननाथ भैरवनाथ मन्दिरको आँगनदेखि खलङ्गा बजार,जुम्लाबाट सुरु भई मुगु रारा तालको छेउ हुटुमा पुगेर अन्तिम बिन्दु तोकिएको छ । यो वर्ष विभिन्न तीन विधा गरी करिब १ हजार खेलाडी सहभागी गराउने लक्ष्य छ।

म्याराथनमा विजयी हुने खेलाडी सेप्टेम्बरमा भियतनामको मुच्याङ चाइमा हुने एसिया ट्रेल मास्टर्सको फाइनलमा प्रतिस्पर्धा गर्न पाउने छन्। म्याराथनमा विभिन्न विधामा गरेर २२ जना धावक र खेलाडीलाई नगद तथा प्रमाणपत्र द्वारा पुरस्कृत गरिनेछ । खेलाडीले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोडबाटै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । विदेशी खेलाडीका लागि १४ हजार ५ सय नेपाली धावक र स्थानीय धावकका लागि ५र ५ हजार शुल्क तोकिएको छ।

म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, स्वर्ण पदक,प्रमाणपत्र द्वितीय हुनेलाई ७५ हजार नगद, सिल्भर पदक प्रमाणपत्र, तृतीय हुनेलाई ५० हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिने छ। यसै गरी चौथो र पाँचौँ हुनेलाई २०/२० हजार, नगद फिनीसर मेडल प्रमाणपत्र प्रदान गरिने अध्यक्ष शाहीले बताए।यस्तै ५ किलोमिटर तर्फ प्रथम हुनेलाई ५ हजार रुपैयाँ, स्वर्ण पदक,प्रमाणपत्र द्वितीय हुनेलाई ३ हजार नगद, सिल्भर पदक प्रमाणपत्र, र तृतीय हुनेलाई २ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिनेछ ।

यसै गरी १० किलोमिटर तर्फ प्रथम हुनेलाई १० हजार नगद, स्वर्ण पदक प्रमाणपत्र, द्वितीय हुनेलाई ६ हजार नगद, सिल्भर पदक प्रमाणपत्र र तृतीय हुनेलाई ४ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताको लागि २५ लाख ७४ हजार खर्च लाग्ने अनुमान गरिएको छ। दौडमा भाग लिने सम्पूर्ण खेलाडी तथा व्यवस्थापनमा खटिने कर्मचारीको दुई लाख बराबरको दुर्घटना बिमा पनि गरिनेछ।

प्रकाशित: २८ चैत्र २०८१ १८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App