६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

दसैंलक्षित भक्तपुरका मिनिमार्टको अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार नगरको कमलबिनायमा रहेका तीन वटा मिनिमार्ट पसलहरु अनुगमन गरिएकाे छ।

अनुगमनमा सर्वशुलभ उपभोक्ता सहकारीको मिनिमार्टमा म्याद नाघेको गोल्डेन क्रोन रेड चेरी ४ वटा, तोमयाम पेस्त ११ वटा, खजुरी पप ४ पाकेट जफत गरी नष्ट गरेका छन्। उक्त मिनिमार्टलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए। साथै सामानहरु व्यवस्थित राख्ने, लेवल नभएको प्याकेजिंग सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न निर्देशन दिएकाे छ।

कमलबिनायक मिनिमार्टमा लेवल नभएको प्याकेजिंग सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु अमुल पिजा चिज २ पाकेट, रोयाल पाटन सबुदान ७ पाकेट जफत गरी नष्ट गरिएकाे हाे।  

के.एम.मार्टमा लेवल नभएको प्याकेजिग सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न, दर्ता नविकरण गर्न, म्याद नाघेको समानहरु अलग स्टोरमा राख्ने व्यवस्था गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु पशुपति पापड १४५ पाकेट, क्वीक विस्कुत १६ पाकेट, २०/२० विस्कृट ६ पाकेट, रसवरी ९ बट्टा, जम्बो मेरिण्डा ६ वटा जफत गरी नष्ट गरिएकाे छ।  

अनुगमनमा सदस्य रोशनमैया सुवाल, श्यानिटेशन उपशाखा प्रमुख ननगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीषक रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरिक्षक छत्रबहादुर थापा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपालक्ष्मी प्रजापति, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवालको सहभागी रहेको थियो।

प्रकाशित: २४ आश्विन २०७८ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App