१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मध्यपुर थिमिले सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले स्थानीयबासीलाई सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने भएको छ।मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडावासीको पहुँच बढाउन वडाले बजेट विनियोजन गर्ने योजना बनाएको बताए।

सरकारी सेवामा प्रवेश बढाउन लोकसेवा तयारी कक्षा पढ्नेहरूका लागि वडाले आधा पैसा राखिदिने योजना छ, वडा अध्यक्ष श्रेष्ठले भने, ‘सरकारी सेवामा वडावासीको पहुँच बढाउन यस्तो योजना ल्याउन लागेका हौँ ।’ आफ्नो वडामा लोकसेवा तयारी कक्षा सञ्चालन गर्न स्थापित इसान लोकसेवा तयारी अध्ययन इन्स्टिच्युट प्रालि शंखधर चोक नयाँ थिमि भक्तपुरको बुधवार भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले वडाले पहिलादेखि नै यस्तो तयारी कक्षाको लागि पहल गर्दै आएको तर वल्ल सफल भएको भन्दै खुसी व्यक्त गरे।

इन्स्टिच्युट उद्घाटन भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले गरेकी थिइन्।सो अवसरमा उनले भक्तपुरवासीहरूमा सररकारी सेवा प्रवेशको आकर्षण घट्दो रहेको अनुभव सुनाइन्।यसैले जिल्लाको चाँगुनारायण, सूर्य विनायक र मध्यपुर थिमि नगरपालिकाले यसको लागि प्रयास थालेको पाइएको उनले सुनाइन्।उनले लोकसेवा परीक्षा निष्पक्ष हुने भएको यहाँ सक्षमहरूले ठाउँ पाउने बताइन्।

पूर्व सचिव प्रताप पाठकले लोकसेवा तयारी कक्षा देशमै पहिलो पटक २०५३ सालबाट सुरु भएको स्मरण गर्दै सरकारी सेवा प्रवेशमा प्रोत्साहन दिनुपर्नेमा जोड दिए।कार्यक्रममा पूर्व सचिवहरू गोपीनाथ मैनाली, प्रतीक ढकाल, पूर्व उपसचिवहरु तथा सञ्चालकत्रय जीतबहादुर मडै, महेशकुमार पोखरेल र ओमप्रसाद सुवेदी लगायतले सरकारी सेवामा योग्य व्यक्तिहरूको प्रवेशका लागि आफूहरूको प्रयास रहेको बताए।

प्रकाशित: ३ माघ २०८० ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App