coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

मध्यपुर थिमिले सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले स्थानीयबासीलाई सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने भएको छ।मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडावासीको पहुँच बढाउन वडाले बजेट विनियोजन गर्ने योजना बनाएको बताए।

राष्ट्रपति रनिङ्ग शिल्ड आदर्श मावि सानो ठिमीले जित्यो

मध्यपुर थिमि नगरपालिकामा भएको दोश्रो नगर स्तरीय राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता २०८० को उपाधि आदर्श मावि सानो ठिमी भक्तपुरको पोल्टामा परेको छ।

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।

वास्तविक ऋणपीडितलाई हेरिन्छ: अर्थमन्त्री

ऋण लिएकाहरूको ऋणमुक्त गर्नुपर्ने माग चलिरहेको बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर वास्तविक रूपमा पीडित भएकाहरूलाई सरकारले सम्बोधन गर्ने बताएका छन्।

संविधान: जसले ल्याए, उनैले बाटो बिराए

२००७ सालमा प्रजातन्त्र आउँदा खुसीले घरमा नेपालको झन्डा ठड्याएको सम्झना गर्दै प्रजापतिले त्यसपछि त्यति खुसीको क्षण कहिल्यै नआएको सुनाए ।

सार्वजनिक जग्गा पहिचान गर्दै मध्यपुर थिमि नगरपालिका

सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी व्यक्तिले कव्जा गर्ने क्रम बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सार्वजनिक र पर्ती जग्गा पहिचान अभियान थालेको छ।

नौ महिनामा एक लाख बढीले पाए सेवा

मधयपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनासम्म १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएका छन्।

वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा

करिब महिनासम्म आयोजना हुन लागेको लिगमा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनुपर्ने प्रावधान आयोजकले तोकेको छ। साथै सम्बन्धित वडाका खेलाडीले सोही वडाको प्रतिनिधित्व गर्नुपर्नेछ।

मध्यपुर थिमिको लोभलाग्दो सम्पदा पदयात्रा (फोटो फिचर)

आफ्नै लगानीमा गरेको पूनर्निर्माणले सम्पदाहरु जीवन्त बनेका छन्। यही कारण अहिले मध्यपुरथिमिको मुहार बदलिएको छ। मध्यपुरथिमि जीवन्त बनेको छ।

सहकारीद्वारा नेपाल–कोरिया अस्पताललाई ४ थान पेसेन्ट मनिटर सहयोग

स्वास्थ्य सामग्री सहयोग गरेका सहकारीहरुमा बाबा बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राकेश श्रेष्ठ रहेका छन्।

अक्सिजन दिन नसकेको भन्दै उपप्रमुखसहित वडाध्यक्षले मागे माफी

नगरमा कोरोना संक्रमितको वृद्धिसँगै गम्भिर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि वडा नं. १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का ईन्द्रबहादुर प्रजापति र ९ का रामकाजी चक्रधरको गत बैशाख २७ गते बसेको संयुक्त बैठकले बोडे आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजनको व्यवस्थाका लागि ९० लाख रुपैंया छुट्याउने निर्णय गरेको थियो।

कोरोनाको हटस्पट बन्दै मध्यपुर थिमि, विकास बजेट कटौती गरी आइसोलेसन केन्द्र सञ्चालनको तयारी

नगरको वडा नं.१, २, ३, ४, ६ र ९ मा बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदैं आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको खड्काले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्