तीन दशकपछि गाउँमै हाटबजार सञ्चालन हुँदा किसान खुसी
लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो। अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन्।