२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भरतपुर ‘हेल्थ हब’ को रूपमा विकास हुँदैछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’ को रूपमा विकास हुँदै गएको बताएका छन्।

आज बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए।

उनले वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालिमका क्षेत्रमा विशिष्टिकृत योगदान पुर्‍याउँदै आएको आँखा अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर अब थप प्रमाणित हुने बताए।

उनले भने, ‘अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ। नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ। यो हामी सबैका निम्ति खुसीको कुरा हो।’

विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ।

नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ।  

प्रकाशित: १८ फाल्गुन २०८० ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App