६ आश्विन २०८१ आइतबार
image/svg+xml

संक्रमण बागलुङमा की बारामा ?

लकडाउनको बेला बागलुङबाट बस चढेर बारा पुगेका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको गलकोट नगरपालिकाका बासिन्दाको स्वाव पनि परीक्षण गर्ने तयारी भएको छ । बागलुङमै संक्रमण फैलिएको हो वा बारा पुगेपछि फैलिएको भन्ने थाहा पाउन परीक्षण गर्न थालिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लकडाउनका बीच सामाजिक काममा युवा

लकडाउनका बीचमा खोटाङ फुटबल एकेडेमीका युवाले दिक्तेलस्थित माटिकोरेस्थित खेलमैदानमा दुबो रोपे । बिहान–बिहान १५ दिन श्रमदान गरेका एकेडेमीका युवाले पारिश्रमिक दिएर पाँच दिन कामदार पनि लगाए । दुबो रोपिएको खेलमैदानमा दुई महिनाका लागि खेल्न वा मर्निङवाक गर्न रोक लगाइएको एकेडेमीका कोच रोशेस श्रेष्ठले बताए ।

'हटस्पट'मै भद्रगोल तयारी

५० वेडको आइसोलेसन वार्ड रहेको नारायणी अस्पताललाई विस्तार गरेर ७० वेडको आइसोलेसन क्षमताको पुर्याइएको छ । संक्रमित ७० जनालाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भैइरहेको छ । बाँकी २० विरामीलाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा निगरानीमा राखिएको छ ।

टिचिङ अस्पतालका ४५ जना क्वारेनटाइनमा

घाँटीको शल्यक्रिया गर्ने तयारीको लागि पठाइएको नमूनामा कोरोना पोजिटिभ देखिएपछि उनको उपचार तथा हेरचाहमा खटिएका चिकित्सक, नर्स तथा सम्पर्कमा पुगेका अन्य विरामी तथा अन्य व्यक्ति गरी ४५ जनार्ला क्वारेनटाइनमा राखिएको टिचिङ अस्पतालका कोभिड – १९ संयोजक डा. सन्त कुमार दासले बताए ।

लकडाउन उल्लंघन गर्ने २५ जनालाई दुई घण्टा 'होल्ड'

खोटाङमा लकडाउन उल्लंघन गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरेको छ । दिक्तेलबजारमा दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म आवश्यक सामग्री किनमेलका लागि लकडाउन खुला गरिएपनि अनावश्यक हिँडडुल गर्ने व्यक्तीलाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरिएको हो ।

कोरोना अपडेटः विश्वभर २ लाख ९८ हजारको मृत्यु

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् ।

सिँजामा पनि ‘मेडिकल मार्च’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. शम्भु यादव र डा. विशाल पोखरेल खटिएका हुन् । नराकोट स्वास्थ्य चौकीमा प्रमुख जगतजङ जिसीका अनुसार चिकित्सकबाट स्वास्थ्य चेकजाँचको काम शुरु भइसकेको छ । कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक सिंजा गाउँपालिकाभित्र विशेषज्ञ सेवा सहितको ‘मेडिकल मार्च’ शुरु भएको उनले जानकारी दिए ।

शिक्षण अस्पतालमा उपचाररत कपिलबस्तुकी बालिकामा कोरोना

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल माभर्ना भएकी एक बालिकामा कोरोना देखिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजकडा. सन्त कुमार दासले उपचारत ६ वर्षिया बालिकामा कोरोना देखिएको पुष्टि गरे।

कोरोना संक्रमित २ सय ४५ मात्रै, स्वास्थ्य मन्त्रालयले गल्ती सच्यायो

थप पाँच जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार संक्रमित हुनेहरु सर्लाही धन्कौल नगरपालिकाका १ जना, धनुषा, जनकपुर नगरपालिकाका र मिथिला नगरपालिकाका एक एक जना, महोत्तरी जलेश्वर र बलवाका एक एक जना गरी ५ जना छन्।

पत्रकारलाई ज्याकेट र पिपिई प्रदान

कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध निशस्त्र अग्रमोर्चामा खट्दै आएका पत्रकारलाई विभिन्न व्यक्ति र संघसंस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।

बाँकेका अबैध नाकाबाट साढे चार सय भित्रिए (अपडेट)

बाँकेको विभिन्न अबैध नाकाबाट ४ सय ४७ जना नेपाली नागरिक प्रवेश भएका छन् । सबैभन्दा बढी जिल्लाको राप्तीपारी नरैनापुरका नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट ३ सय ७३ जना प्रवेश भएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सिमाबाट प्रवेश भएर आएका ३ सय ७३ जनालाई ८ वटा क्वारेन्टाइनमा राखिएको बताए । ‘केहीदिन अघि सीमापारी आएर बसेका थिए, उनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेका छौं,’ अध्यक्ष शाहले भने ।

संक्रमित बालिकाको सम्पर्कमा आएका ४० जनाको रिपोर्ट नेगेटिभ (अपडेट)

राजापुर नगरपालिका –५ बदालपुरकि कि ११ वर्षिय कोरोना संक्रमित बालिकाको सम्र्पकमा आएका ४० जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बालिकासँग सम्र्पक आएका र कैलालीबाट आउने क्रममा सम्र्पक भएको ४० जनाको स्वाब रिपोर्ट नेगिेटभ आएको हो ।

निर्माण अनुमति नपाउँदा काम ठप्प (अपडेट)

भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेश अन्र्तगतका ठुला योजनाहरु निर्माण सामाग्री ल्याउने र काम गर्ने अनुमति नपाउँदा काम ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सामान ल्याउनका लागि पास नदिँदा योजनाहरुको काम रोकिएको हो ।

‘कोराना रोकथाममा जुम्ला अब्बल’

नेपालमा कोरानाभाइरसको बारेमा भर्खर बहसमात्र चलेको थियो । जुम्लामा कोरानाभाइरसको बारेमा सचेतीकरण निकै अघि बढिसकेको थियो । गाउँगाउँमा कोरानाभाइरसबारे तालिम, गोष्ठी हुनथाले । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे नै कोरानाभाइरसको जोखिम हुन नदिन सक्रिय भएर खटिन् ।

थप २४ जनामा कोरोना, संक्रमितको संख्या २४३ पुग्यो

थप २४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२ जना, कपिलबस्तुमा ८ जना, पर्सामा ३ र नवलपरासीका १ जना छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्