६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘कोराना रोकथाममा जुम्ला अब्बल’

चीनको वुहान प्रान्तमा कोरानाभाइरसको संक्रमण फैलिरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कास कोभिड टास्क गु्रप बनाइसकेको थियो । अस्पतालका डा. धिरज गुरुङले टास्क गु्रुपको नेतृत्व गरे । फागुन महिनाको पहिलो साता गठन भएको त्यो गु्रपको काम थियो,स्वास्थ्यकर्मीलाई कोरानाभाइरसको जोखिमबाट बच्नका लागि तालिम प्रदान गर्ने र सरोकारवाला सबैमा सचेतना जगाउने ।

नेपालमा कोरानाभाइरसको बारेमा भर्खर बहसमात्र चलेको थियो । जुम्लामा कोरानाभाइरसको बारेमा सचेतीकरण निकै अघि बढिसकेको थियो । गाउँगाउँमा कोरानाभाइरसबारे तालिम, गोष्ठी हुनथाले । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे नै कोरानाभाइरसको जोखिम हुन नदिन सक्रिय भएर खटिन् । कर्णालीप्रदेश सरकारले -यापिड रेस्पोन्स टिम गठन गर्न भन्यो । यो गठनमा पनि जुम्ला निकै अघि भयो । यो टिमले जुम्ला छुने पाँचवटा नाकामा हेल्थ डेस्क स्थापना ग¥यो । त्यहाँ नियमित रूपमा स्वास्थ्य परीक्षणका क्रियाकलाप भए । एक सातामा तीन हजार चार सय जनाको स्वास्थ्य परीक्षण भयो ।  

कर्णाली अस्पतालका निर्देशक डा. मगल रावलका अनुुसार जुम्ला विमानस्थल, नाग्म, कनकासुन्दरी,गुठीचौर र तातोपानी गाउँपालिकामा हेल्थ डेस्क स्थापना गरिए ।अहिले पनियी डेस्कमा स्थानीयतहका स्वास्थयकर्मी परिचालित छन् । प्रतिष्ठानले  समुदाय सचेतीकरण महत्वपूर्ण भएको भन्दै चन्दननाथ–१ मा पाइलटिङका रूपमाकाम अघि बढायो । स्वास्थ्यकर्मी घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणको काम गर्न थाले । फलस्वरूप कर्णालीप्रदेश सरकारले कर्णाली प्रतिष्ठानसँग समन्वय गरेर मेडिकल मार्च कर्णालीभर चलाउने अवधारणा ल्यायो ।

त्योभन्दा अघि प्रतिष्ठानको टोलीले कोरानाभाइरसका कारण उत्पन्न बाधा र चुनौतीकाबारेमा विश्लेषण ग¥यो । प्रतिष्ठानको एक टोलीमुगुको खत्याड गाउँपालिकामा पुगेर ११ वडामा स्वास्थ्य परीक्षणमा जुट्यो  । प्रोफेसर डा. सुनिल बुढाथोकीसहित ६ जना खत्याडमा खटिएका थिए । अहिले कर्णाली प्रतिष्ठानको टोलीप्रदेश सरकारले भनेअनुसारको नौ स्थानमा खटिएको छ । जुम्लाका सबै स्थानीयतहमा प्रतिष्ठानको टोली खटिएर स्वाब संकलन गरेर परीक्षण भइसकेको छ ।  

अस्पतालले सेनिटाइजर बनायो ।पिपिई सेट जुम्लामै पहिलोपटक बन्यो । अहिले देशभरका अस्पतालले पिपिई सेट बनाउन थालेका छन् । कोरानाभाइरसको रोकथामकालागि सरकारसँग पिसिआर मेसिनमाग ग¥यो  । देशका पन्ध्र गाउँमा पुग्यो । कर्णालीले पाएन । पछिल्लो समयमा कर्णाली प्रतिष्ठानले आफ्नो लगानीमा पिसिआर मेसिन खरिद गरेर परीक्षण कार्य प्रारम्भ ग¥यो ।किट खरिद ग¥यो । यो प्रक्रियामा कर्णालीप्रदेश सरकारको पूर्ण साथ रहेको निर्देशक रावल बताउँछन् । हाल जुम्लामा नौ सय २३ जनाको पिसिआर परीक्षण भइसकेको छ । सुर्खेत र काठमाडौं पठाएको गरेर जुम्लाका एक हजार दुई सय ६३ जनाको पिसिआर परीक्षण भइसकेकोछ ।  

यहाँ आइसोलेसन बेड एक सय २० छन् । अहिलेसम्म पाँचजनामात्र आइसोलेसनमा राखिएको तथ्यांक छ । कर्णाली प्रतिष्ठानमा रहेको तीन बेडको आइसियूलाई बढाएर १० बेडको बनाइएको छ । अस्पतालको जनशक्तिले फुल टेस्ट गरेको खण्डमा दैनिक एक हजार जनासम्मको स्वाब परीक्षण गर्न सकिने देखाएको छ । ‘जुम्लामा जनशक्ति पनिछ । औजार उपकरण पनि जुटिसकेको छ,’ निर्देशक रावलले भने,‘अब साविकको कर्णालीका पाँच सहित बाहिर जिल्लाको पनि स्वाब परीक्षण गर्न सक्छौं ।’ कोरानाले उत्पन्न संकटमा कर्णालीले मुलुकलाई पूर्ण पाठ सिकाउन सकेको कणालीबासी बताउँछन् ।

कोराना रोकथाम नियन्त्रणको अवस्था अनुगमन गर्न जुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र्रबहादुर शाहीले कर्णाली प्रतिष्ठान कोराना रोकथाममा अब्बल बनेको बताए । उनले भने,‘पछिल्लो कोरोना संकटमा कर्णाली प्रतिष्ठानले निकै राम्रो काम गरिरहेको छ । यहाँको प्रतिष्ठान, स्वास्थ्यकर्मीको योगदानको कर्णालीप्रदेश सरकार उच्च मूल्यांकन गर्दै सम्मान गर्ने माहोल बनाउँछ ।’मुख्यमन्त्री शाहीले कर्णाली अस्पताल हबकारूपमा स्थापित भइसकेकाले नीति तथा कार्यक्रम र बजेटमा उचित सम्बोधन गर्ने वचन दिएका थिए ।  

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल कर्णाली प्रतिष्ठान कर्णाली सरकार भन्दा एक स्टेप अघि गएर स्वास्थ्यका क्रियाकलाप गरिरहेकोप्रति खुसी व्यक्त गर्छन् । उनले भने,‘कर्णाली सरकारले यहाँको अस्पतालको व्यवस्थापनसम्म पुग्न हम्मेहम्मे हुनेछ । संकटको समयमा देखाएको कामको सदैव उच्च मूल्यांकन हुनेछ ।  

एकै दिनमाआठ सय ४७जनाको स्वाब परीक्षण, रिपोर्ट नेगेटिभ

जुम्लाका एक नगरपालिकासहित आठवटै स्थानीयतहबाट संकलित आठ सय ४७जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ । मंगलबार बिहान ८ बजेदेखि परीक्षण सुरु भएकोमा बिहान ३ बजे मात्र परीक्षण गरेर सकिएको थियो । स्वाब परीक्षणमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष निरेश थापाले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले भने,‘यो रिपोर्टले जुम्लामा कोराना संक्रमण नभएको देखिएको छ । तर निरन्तर स्वाब परीक्षणको कार्य जारी रहनेछ ।’

प्रतिष्ठानका चिकित्सकको टोलीले भोक निन्द्रानभनेर स्वाब परीक्षणमा जुटेका छन् । एकै दिनमा आठजनाको स्वाब संकलन गरेर एकैदिनमा परीक्षण गरेर रिपोर्टसमेत निकालेको सम्भवतःयो नेपालकै पहिलो हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त टोलीले जुम्लाका विभिन्न आठवटा स्थानीय तहका आठ सय ४९ जनाको स्वाब संकलन गरिएको कर्णाली अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिए ।  

स्वाब संकलनमा प्रतिष्ठान र जनस्वास्थ्यसेवा कार्यालयका २४ जना प्रयोगशालाकर्मीको सहभगिता रहेको थियो । पुल टेस्टमा १० जनाको नमुनालाई एकै ठाउँमा मिसाएर परीक्षण भएको थियो । पाँच जनाको नमुना मिसाएर परीक्षण ग¥यौं,शिक्षाध्यक्षथापाले भने,‘बिहान३ बजेसम्म  सबै जनाको स्वाब परीक्षण ग¥यौं । सबै जनाको रिपोर्ट नेगेटिभ आयो ।धेरै जनाको परीक्षण गर्नुपर्दा पुल टेस्ट गरियो ।’

प्रतिष्ठानका जनशक्तिले जुम्लामा स्थानीयतहका स्वास्थ्यकर्मीहरूको सहयोगमाजिल्लाका आठवटै स्थानीय तहबाट क्वारेन्टाइनमा बसेका र बाहिरबाट आएकाहरूको एकै दिनजुम्लाका सबै स्थानीयतहबाट आठ सय ४९ जनाको स्वाब संकलन गरेको थियो ।  

यसअघि मेसिननहुँदा सरकारले प्रतिष्ठानका जनशक्तिको सहयोगमातीन सय २४ जनाको स्वाब संकलन गरेर एकैपटक हवाई मार्गबाट गरेर काठमाडौंमा परीक्षण गरेको थियो ।प्रदेश सरकारले कर्णालीकादशजिल्लाका २७ स्थानमा स्वाब संकलनभइरहेको जनाएको छ । जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० स्थानबाट आएको स्वाब परीक्षण भएको छ ।  

सो तयारीकालागि एकैपटक धेरैको परीक्षण गर्न प्रतिष्ठानले सुरु गरेको हो । पिसिआर परीक्षण विधिमा खटिएको टिमलाई प्रत्यक्षनिर्देशनमाजाँचगरेकाशिक्षाध्यक्ष डा. थापाकाअनुसार १० जनाको स्वाब एकै स्थानमा राखेर गरिने विधिपुलिङ विधिहो । यद्यपिपुलिङ परीक्षण विधिबाट पनिपोजेटिभ आएमा फेरि १० जनाको भिन्नै परीक्षण गरिएको हो । कर्णाली प्रतिष्ठानमा राखिएको मेसिन र जनशक्तिले एक सातामा१०हजार जनाको स्वाब परीक्षण गर्न सकिन्छ । तर, कर्णाली प्रतिष्ठानले तत्कालीन कर्णालीकापाँच जिल्लाबाट आएका स्वाबको मात्र परीक्षण गर्नेछ ।  

यहाँक्वारेन्टाइनको बेड संख्यापाँच सय २१ रहेको छ । आइसोलेसन बेड एक सय २० भएकोमा एक हजार २४ जनाक्वारेन्टाइनमा बसेर फर्किएका छन् । एक सय ३८ जना स्वास्थ्यकर्मी परिचालनभएकाथिए । पाँच सय १६ जनाहोम क्वारेन्टाइनमा छन् ।

प्रकाशित: १ जेष्ठ २०७७ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App