६ आश्विन २०८१ आइतबार
image/svg+xml

अति आवश्यकबाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक (अपडेट)

एकैदिन जिल्लामा दुई जना कोरोना संक्रमित भएको पुष्टी भएपछि कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने (सिल) गर्ने निर्णय भएको छ । साथै तथा अति आवश्यकबाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक लगाउनेनिर्णय गरिेएको छ ।

उपत्यकाका प्रजिअ भक्तपुरमा

काठमाडौ उपत्यकामा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायबीच बुधबार भक्तपुरको खरिपाटीमा वैठक बसेको छ । उपत्यकामा एकैदिन तीन जना व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायहरुले जिल्लाको खरिपाटीस्थित सरकारी क्वारेन्टाइनको निरीक्षण गर्नुका साथै जिल्ला संकट व्यवस्थापन सेन्टर (सीएमसी) हरुको संयुक्त बैठक बसेको छ ।

भिमानका ५ घर सिल १९ जना क्वारेन्टाइनमा (अपडेट)

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानका ५ घरमा सिल गरेर १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबार कोरोना संक्रमित भएका एक व्यक्ति सिन्धुलीको भिमानमा खाना खाएर काठमाडौ गएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले भिमानका कोरोना संक्रमितले खाना खाएको घरसहित पाँच घर सिल गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

कोरोना र ओपिडीका बिरामीको जम्काभेटको जोखिम

सरकारले सबैखाले बिरामीको उपचार गर्नेगरि सबै अस्पताललाई बहिरंग सेवा (ओपिडी) संचालन गर्न निर्देशन दियो। निर्देशनसँगै यहाँका अस्पतालले पनि ओपिडी सेवा सुचारु गरे।

एकै दिनमा २३ सय ५७ जनाको पीसीआर परीक्षण

नेपालमा चौविस घण्टाभित्रमा २३ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। परीक्षणको क्रममा कपिलवस्तुका २२ वर्षीय युवक र वाँकेका २६ वर्षीय पुरुषसंक्रमित भेटिएका छन्।

कोरोना रोकथाममा जुम्ला अब्बल (अपडेट)

चीनको वुहान प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कास कोभिड टास्क गु्रप बनाइसकेको थियो । अस्पतालका डा. धिरज गुरुङले टास्क गु्रुपको नेतृत्व गरे । फागुन महिनाको पहिलो सातामा गठन भएको त्यो गु्रपको काम थियो,‘स्वास्थ्यकर्मीलाइ कोरोना भाइरसको जोखिमबाट बच्नको लागि तालिम प्रदान गर्ने र सरोकारवाला सबैलाइ सचेतीकरण गर्ने ।’

‘गोरखा सिल’ बिहीबारदेखि बित्तिय संस्था पनि नखुल्ने (अपडेट)

कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिम न्यूनिकरणका लागि भन्दै गोरखा जिल्ला ‘सिल’ गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकले जेठ ५ गतेसम्म बित्तिय संघ संस्था (बैंक, सहकारी) बिमा कम्पनी चल्न नदिने निर्णय गरेको हो ।

पत्रकारलाई ज्याकेट र पिपिई प्रदान (अपडेट)

कोरोना भाईरस (कोभिड–१९) संक्रमणविरुद्ध निशस्त्र अग्रमोर्चामा खट्दै आएका पत्रकारलाई बिभिन्न व्यक्ति र संघसंस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । लकडाउन चिरेर जोखिमयुक्त रिपोर्टिङ गर्न बाध्य पत्रकारलाई रौतामाई गाउँपालिकाका सल्लाहकार अम्बर रायमाझी, रोटरी क्लव इन्टरनेशनल र पूर्व विद्यार्थीले स्वास्थ्य सामग्री दिएका हुन् ।

सेनालाई अत्यावश्यक स्वास्थ्य सामग्री

चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले करिब ५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिइ, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन् ।

६२ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’ (अपडेट)

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३६ जनाको कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भारत तथा नेपालकै विभिन्न शहरबाट गाउँ आएपछि १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका ३६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

दुई जनाको आरडिटी पोजिटिभ, पिसिआर नेगेटिभ (अपडेट)

र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी)मा पोजिटिभ रिपोर्ट देखिएका खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका दुई जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । दुबईबाट गत फागुन ११ गते काठमाडौं ओर्लिएर बैसाख १२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष र उपचारका लागि मंसिरमा काठमाडौं पुगेको अवस्थामा बैसाख १३ गते गाउँ आएका २३ वर्षीय युवाको आरडिटी रिपोर्ट पोजिटिभ देखिए पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

गैडहवामा क्वारेन्टिन गरिएका सबै भारतबाट आएका नेपाली (अपडेट)

नन्द किशोर गिरी रुपन्देही गैडहवा गाँउपालिकाका स्थायी बासिन्दा हुन । भारतको उतराखण्डमा मजदुरी गर्दै आएका उनी सोमबार राती ककरहवा नजिकैको खुला नाकाबाट खेत खेत हुदै नेपाल प्रवेश गरे । ५ दिन लगाएर पैदल र कही कही मालबाहक ट्रकमा बसेर आइतबार विहान ७ बजे नेपाल भारत सीमा ककरहवा आए ।

नलगाड नगरपालिकाको आफ्नै खर्चमा डाक्टर (अपडेट)

सरकारी अनुदानमा तलव खाने चिकित्सकको दरबन्दी भएपनि कहिलै र बस्न नमान्ने जिल्लाको एक प्राथमिक स्वास्थ्य केन्द्रमा यहाँको एक नगरपालिकाले आफ्नै खर्चमा चिकित्सक भर्ना गरेर काम चलाएको छ । सरकारले खटाए पनि विभिन्न बहाना र शक्तिको प्रयोग गर्दै दुर्गममा डाक्टरहरु बस्न नमान्ने गरिरहेका बेला जिल्लाको नलगाड नगरपालिकाले आफ्नै बजेटमा एक जना डाक्टर भर्ना गरेर सेवा सुचारु गरेको हो ।

स्पेनमा ११३ वर्षीया वृद्धा कोरोनामुक्त

अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी हुन् ।

भारतमा कोविड–१९ बाट ७४ हजार संक्रमित

कोविड–१९ बाट विगत २४ घण्टामा १२२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको कूल संख्या दुई हजार ४१५ पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्