६ आश्विन २०८१ आइतबार
image/svg+xml

गण्डकी प्रदेश भित्रिने नाकामा रोक

गण्डकी प्रदेश सरकारले मंगलबार बिहानदेखि प्रदेशभित्र आउजाउ गर्न नपाउने गरि नाकामा रोक लगाउने भएको छ। सार्वजनिक सवारी आउजाउ रोक्दै अत्यावश्यक सामाग्री मात्र भित्र्याउन पाउने व्यवस्था गरेको प्रदेश सरकारले बताएको छ। कोरोना संक्रमित बिरामी भित्रिन सक्ने जोखिम रहेको भन्दै प्रदेशले सार्वजनिक सवारी संचालनमा रोक लगाउने निर्णय गरेको हो।

फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना देखियो

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा कोरोना देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताए। १९ वर्षिय ति युवतीको नाम गोप्य राखिएको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।

साना व्यवसायीहरुलाई राहात दिलाउन चेम्बरको पहल

कोरोना भाईरसको असरबाट जागिर गुमाएका र व्यापारमा असर परेका नेपाली समुदायका लागि चेम्बर अफ कमर्श अमेरिकाले रहात दिलाउन पहल शुरु गरेको छ। खासगरी अमेरिकामा रहेका नेपाली समुदायको व्यपार भनेको ग्यास स्टेसन, रेष्टुरेन्ट, होटल, सूचना प्रविधि हो।

कोरियाबाट कोरोना पाठ : नेपालले के सिक्ने ?

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले पुरै विश्व प्रभावित बन्न पुगेको छ। गत बर्षको डिसेम्बर महिनाबाट चीनको वुहान प्रान्तबाट शुरु भएर अहिले विश्वको १८० देशमा फैलिएको यो भाईरसको कारण विश्वको अर्थतन्त्रमा ठूलो गिरावट मात्र आएको छैन यसले जनजिवन नै पूर्णरुपमा अस्तव्यस्त बनाएको छ।

सुचनामा शंका

विश्वले नेपालमा संक्रमित फेला नपर्नुलाई सकारात्मक रूपमा लिन सकेको छैन। कतै सूचना लुकाइएको त होइन भन्ने आशंका विदेशमा रहनेले गर्न थालेका छन्।

कोरोनामा कैदी

जोखिम विचार गरेर कारागारमा राख्नै पर्नेलाई मात्रै राख्ने, घर पठाउँदा पनि मिल्ने कैदीलाई पठाइदिने र गैरकानुनी ढंगले पक्राउ परेकालाई अदालतले बन्दी प्रत्यक्षीकरण माध्यमबाट परीक्षण गर्ने नीति अवलम्बन गरिएको छ।

कोरोनाबिरुद्धकाे राहत काेषलाई एनआरएनएले १ करोड रुपैयाँ सहयोग गर्ने

कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ।

आर्ट ग्यालरी बन्द

कोरोना भाइरस संक्रमण रोकथामका लागि सतर्कता अपनाएर सरकारले फिल्म हल र मनोरञ्जन स्थलसँगै राजधानी वरपरका आर्ट ग्यालरीहरू बन्द गरिएका छन्।

कोरोना नियन्त्रण गर्न रिहानाको सहयोग

गायिका रिहानाले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न पाँच मिलियन अमेरिकी डलर (५५ लाख रूपैयाँ)को सहयोग गरेकी छन्।

काेरोना कोषमा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको “करोना कोष” मा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रूपमा १ कराेड सहयोग गर्ने भएकाे छ।

आइतबार डेढ लाख भन्दा धेरैले उपत्यका छाडे

नोवेल कोरोना संक्रमणको सन्त्रास बढेपछि काठमाडौं उपत्यकाको मुख्य तीनवटा नाकाबाट डेढलाख भन्दा धेरै यात्रु गाउँ फर्किएका छन्।

कोरोनाबारे पूर्वतयारी झिनो

सरकारी अधिकारीहरूले कोरोनाको पूर्वतयारी बलियो भएको बताए पनि व्यावहारिक पक्ष भने झिनो र कमजोर देखिएको छ। कतिपय विशेषज्ञ र डाक्टरहरूले नै सरकारले पूर्वतयारीमा संयमता नअपनाएको भन्दै आलोचना गरिरहेको बेला सरकारको तयारी झन् कमजोर देखिन थालेको हो।

शंकास्पद स्वाब संकलन हुन सकेन

प्रदेश सरकारले आइसोलेसन शड्ढया भएका अस्पतालहरूलाई बिरामी रेफर नगर्न कडा निर्देशन दिएको छ। तर अस्पतालका स्वास्थ्यकर्मीहरू भने अहिले पनि अत्यावश्यक स्वास्थ्य सामग्री नहुँदा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको ल्याब–टेस्टका लागि नमुना पठाउन नसकिएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्