८ वैशाख २०८१ शनिबार
अशोक मैनाली
मैनाली नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका पूर्वअध्यक्ष हुन्।

अशोक मैनालीका लेखहरु :

कोरियन एयरको एकाधिकार तोड्दै आसियानाले शुरू गर्‍यो ईन्चोन-काठमाडौं उडान

दक्षिण कोरियाबाट आसियाना एयरले पहिलो पटक नेपालको लागि व्यवसायिक उडान भरेको छ। दक्षिण कोरियाको स्थानीय समय अनुसार आज दिउँसो २ बजेर ४० मिनेटमा इन्चोन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको आसियाना एयरलाईन्सको OZ ७६५३ बिमानले ९३ जना नेपाली यात्रू लिएर नेपाली समय अनुसार ५ बजेर ४२ मिनेटमा काठमाण्डौको त्रिभुवन अन्त्रराष्ट्रिय बिमान स्थलमा अवतरण गरेको हो।

कोरियामा कोरोनाको दोस्रो लहर, पहिलो पटक एक नेपाली संक्रमित

दक्षिण कोरियामा पहिलो पटक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। दक्षिण कोरियाको चोङ्ग्नाम स्थित हानुल नोंग्सान किम्ची कम्पनीमा कार्यरत २० वर्षीय नेपाली यूवतीमा कोरोना संक्रमण पुष्टि भएको कोरियाको सरुवा रोग नियन्त्रण शाखाले जनाएको।

नेता किमको अवस्थाबारे उत्तर कोरियाका मिडिया किन मौन ?

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उन गम्भिर विरामी परेको, निधन भएको समाचारहरु लगातार रुपमा आइरहेका छन्। तर ति समाचारप्रति उत्तर कोरियाली मिडियाले कुनै प्रतिक्रिया जनाएका छैनन्। पश्चिमा मिडियाहरुमा लगातार किम जोङ्ग उनबारे विभिन्न समाचार आइरहेका छन् तर राज्य नियन्त्रित कोरियाली संचार माध्यमहरुले कुनै पनि प्रतिक्रिया सार्वजानिक नगर्दा उनको स्वास्थ्य अवास्थाबारे अन्योलता झन् झन् बढ्दै गएको छ।

कोरोना महामारीबीच कोरियामा चुनाव

मुखमा मास्क,पन्जा लगाएको हातमा मत पत्र ,एक मिटरको दुरीको फरकमा लाईन लागेको मानिसहरूको ताँती। यो अनौँठो दृश्य सहित अन्त कतै नभएको चुनाव हिजो दक्षिण कोरियामा सम्पन्न भयो। कोरोना महामारीको बीचमा निर्वाचन गर्ने दक्षिण कोरिया पहिलो मुलुक समेत भएको छ।

कोरियामा रहेका नेपालीले सरकारलाई १ करोड १५ लाख रुपैयाँ सहयोग गर्ने

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लडिरहेको नेपाललाई सहयाेग गर्न काेरियामा रहेका नेपालीहरुले १ करोड १५ लाख रुपैयाँ (११ करोड ९८ लाख ९३ हजार ४ सय २२ वोन) संकलन गरेका छन्।

कोरियाबाट कोरोना पाठ : नेपालले के सिक्ने ?

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले पुरै विश्व प्रभावित बन्न पुगेको छ। गत बर्षको डिसेम्बर महिनाबाट चीनको वुहान प्रान्तबाट शुरु भएर अहिले विश्वको १८० देशमा फैलिएको यो भाईरसको कारण विश्वको अर्थतन्त्रमा ठूलो गिरावट मात्र आएको छैन यसले जनजिवन नै पूर्णरुपमा अस्तव्यस्त बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्