७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोरोना महामारीबीच कोरियामा चुनाव

सौल-  मुखमा मास्क,पन्जा लगाएको हातमा मत पत्र ,एक मिटरको दुरीको फरकमा लाईन लागेको मानिसहरूको ताँती। यो अनौँठो दृश्य सहित अन्त कतै नभएको चुनाव हिजो दक्षिण कोरियामा सम्पन्न भयो। कोरोना महामारीको बीचमा निर्वाचन गर्ने दक्षिण कोरिया पहिलो मुलुक समेत भएको छ।

कोभिड-१९ ले बिश्व नै लकडाउनमा भएको यो कठिन समयमा दक्षिण कोरियाले भने २१ औँ विधान सभाको चुनाव सफलतापूर्वक सम्पन्न गरेर कहिल्यै निर्वाचन नसरेको कोरियाली रेकर्ड कायम राख्न सफल भएको छ। १४ हजार ३ सय ३० मतदान केन्द्रबाट ६६.२ प्रतिशत भन्दा बढि मत ( सन् २००० यताकै सबै भन्दा उच्च) खसालेर कोरियाली जनताले यो कठिन परिस्थितीमा बिश्वलाई महत्वपूर्ण सन्देश दिएका छन्।

सामाजिक दूरी कायम गर्ने मार्गदर्शनका बीच सम्पन्न निर्वाचनमा सत्तारुढ मिन्जु (प्रजातान्त्रिक) पार्टी र मुख्य विपक्षी (कन्जरभेटिभ) युनाइटेड फ्यूचर पार्टीबीच प्रतिष्पर्धी छन्। यो निर्वाचनमा कोरोना भाइरसको प्रकोप नियन्त्रणमा सरकारको प्रयासलाई सबै छलफलहरूमा प्रभुत्व जमाएको छ। सन् २०२२ मा हुने राष्ट्रपति पदको चुनाव अघि उम्मेदवारहरू र पार्टीहरूको लोकप्रियता जाँच्नको लागि राष्ट्रिय विधानसभाको चुनावलाई ‘राष्ट्रपतिको मिनि चुनाव’ को रूपमा समेत हेरिन्छ। बुधबार मतदान सम्पन्न भएपछि कोरियाको मुख्य तीन प्रशारण संस्था (केबिएस,एसबिएस, एमबिसी)ले प्रकाशित एग्जिट पोलले राष्ट्रपति मून जाइ-इनको सत्तारूढ डेमोक्र्याटिक पार्टीले स्पष्ट बहुमत ल्याउने देखिएको छ। गणना चलिरहँदा सत्तारुढ पार्टी विजय नजिक देखिएको छ।

राष्ट्रिय निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत २५३ सिटमा सत्तारुढ मिन्जु दल १६३ स्थानमा अगाडि छ भने विपक्षी यूनाइटेड फ्यूचर पार्टी (यूएफपी) ९५ स्थानमा अगाडि छ। पार्टी उम्मेदवारहरूले विशेष गरी सियोल र वरपरका क्षेत्रमा राम्रो प्रदर्शन गरेका छन्, जहाँ १२१ सीटमा उनिहरू बिजय नजिक छन्। समानुपातिक सहित गरेर ३०० सय सिट संख्या मध्ये मिन्जु दल र उ नजिकका दलहरुले १८० सिट जित्ने अनुमान गरिएको छ। यो निर्वाचनलाई राष्ट्रपति मून जा-इनको लागि महत्वपूर्ण ‘मध्य-परीक्षण’ परीक्षाको रूपमा हेरिएको थियो। यो निर्वाचन परिणामले २०२२ को मईमा समाप्त हुने उनको कार्यकालको अन्तिम अवधीमा आर्थिक , कूटनीति, न्यायिक सुधार र अन्य क्षेत्रमा उनको योजनलाई अगाडी बढाउन थप आत्मबिस्वास प्रदान गर्ने ठानिएको छ।

प्रकाशित: ४ वैशाख २०७७ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App