३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

शंकास्पद स्वाब संकलन हुन सकेन

बुटवल – प्रदेश ५ मा १९ वटा अस्पतालमा एक सय १४ वटा आइसोलेसन शड्ढया छन्। नौ सरकारी र १० निजी अस्पतालमा आइसोलेसन शड्ढया राखिएका हुन्। प्रदेश सरकारले थप तीन जिल्लामा आइसोलेसन अस्पताल पनि बनाउँदै छ। तर यसअघि आइसोलेसन शड्ढया राखेका अस्पतालहरूले नै अत्यावश्यक स्वास्थ्य सामग्री नहुँदा भर्ना भएकै बिरामीमा कोरोनाको भाइरस छ छैन भनेर ल्याब परीक्षणका लागि स्वाबको नमुना संकलन गर्न सकिरहेका छैनन्।

भारतबाट फकिर्ने नेपाली र सीमाक्षेत्रमा हेल्थ–डेक्समै कार्यरत सुरक्षाकर्मी कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसनमा राखिएका छन्। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल भैरहवा, बाँकेको भेरी, बर्दियाको जिल्ला अस्पतालमा बिरामी छन्। तर अहिलेसम्म लुम्बिनी प्रादेशिक अस्पतालले मात्रै केही बिरामीको स्वाब टेस्टका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाइएको छ।

प्रदेश सरकारले आइसोलेसन शड्ढया भएका अस्पतालहरूलाई बिरामी रेफर नगर्न कडा निर्देशन दिएको छ। तर अस्पतालका स्वास्थ्यकर्मीहरू भने अहिले पनि अत्यावश्यक स्वास्थ्य सामग्री नहुँदा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको ल्याब–टेस्टका लागि नमुना पठाउन नसकिएको बताउँछन्। उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यान नदिइएको गुनासो उनीहरूको छ। चिकित्सकका अनुसार पिपिई र बिरामीको स्वाब राख्ने भिटिएम (विशेष प्रकारको किट) को अभाव छ, जसका कारण कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिए त्यस्ता बिरामीलाई रेफर गर्नुको विकल्प छैन।

त्यसकै उदाहरण हो नवलपरासीको पृथ्वीचन्द्र अस्पताल, जहाँ चारवटा आइसोलेसन शड्ढया खाली छन्। तर सो जिल्लाका एक जना बिरामी अहिले कोरोनाको आशंकामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा छन्। ती युवा चैत २ गते नै पृथ्वीचन्द्र अस्पताल पुगेका थिए। उच्च ज्वरो र रुघाखोकी लागेको ती बिरामीलाई अस्पतालले भर्ना लियो। एक्सरे गरियो। अस्पतालका मेसु डाक्टर नरुल होडाका अनुसार बिरामीको छातीमा दाग देखियो। भर्ना गरिसकेपछि च्स्याचुरेसन पनि घट्दै गयो। डाक्टर नरुल भन्छन्, ‘त्यतिबेला हामीसँग रिफर गर्नुको विकल्प थिएन।’ उनका अनुसार तत्कालीन अवस्थामा बिरामीमा कोरोना भाइरस छ–छैन भनेर घाँटीको स्वाब निकालेर परीक्षणका लागि टेकु पठाउनुपथ्र्यो। तर त्यसका लागि अस्पतालमा न पिपिई थियो, न भाइरस ट्रान्सपोट मिडिया (भिटिएम) नै।

विशेष प्रकारको टोपी, चस्मा, माक्स, गाउन बुटसहित पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट कोरोना संक्रमण भएका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीले अनिवार्य लगाउनुपर्छ। ‘पिपिई नलगाई बिरामीको स्वाब निकाल्नु जोखिमयुक्त थियो। यदि बिरामीमा कोरोना भाइरसन नै रहेछ भने उपचारमा संलग्नलाई पनि सर्न सक्थ्यो। हामीले जानाजान जोखिम लिन चाहेनौं र रेफर ग¥यौं,’ डाक्टर होडाले भने। सो अस्पतालमा अहिले पनि पिपिई छैन। जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमार्फत पिपिई व्यवस्था गर्न लागिएको डाक्टर होडाले बताए। अस्पतालमा स्वाबमा भएका इलिमेन्टहरूलाई सुरक्षितसाथ राख्ने किट भिटिएम पनि छैन।

प्रकाशित: १० चैत्र २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App