६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘गोरखा सिल’ बिहीबारदेखि बित्तिय संस्था पनि नखुल्ने (अपडेट)

गोरखा- कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिम न्यूनिकरणका लागि भन्दै गोरखा जिल्ला ‘सिल’ गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकले जेठ ५ गतेसम्म बित्तिय संघ संस्था (बैंक, सहकारी) बिमा कम्पनी चल्न नदिने निर्णय गरेको हो ।  

संघिय सरकारले बैंक तथा बित्तिय संस्था सञ्चालन गर्न दिने निर्णय गर्दा बैंकमा अत्याधिक भिँडभाड बढेपछि सरोकारवालाहरुको बैठकले तत्काल गोरखामा बित्तिय संस्था बन्द गरेर सुरक्षित हुनुपर्ने निश्कर्ष निकालेको हो । ‘बिहीबारदेखि बैंकहरु पनि बन्द हुनेछ, इ–बैंकिङ बाट सेवा लिन भने सकिन्छ’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ।  

देशमा केहीदिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बाहिरि जिल्लाबाट खाद्यान्न ढुवानीमा पनि रोक लगाइएको छ । अन्य जिल्लाबाट खाद्यान्न तकारी बोकेर भित्रिएका सवारी साधनप्रति जिल्लाबासीको चासो र त्रास अत्याधिक भएकाले सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो । यस अघि जारी गरेको सवारी पास खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।  

हरेक नगर तथा गाउँपालिकाले वडा स्तरमा उपलब्ध कामदारको सुची तयार गर्ने, उक्त सुची अनुसार क्षमता भएका कामदारको रेकर्ड घरेलु तथा साना उद्योग कार्यालयले राख्ने र ब्यवसायीलाई उपलब्ध गराउने निर्णय बैठकमा भएको छ । बिकास निर्माणको कामलाई निरन्तरता दिन  र कामदार अभाव न्यूनिकरण गर्न उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए । 

संभावित खाद्य संकटलाई न्यूनिकरण गर्न पालिकालाई बाँझो जग्गा उपयोग गर्ने नीति बनाएर प्रयोग गर्न बैठकले अनुरोध गरेको छ । खेती योग्य जमिनलाई बाँझो राख्नेलाई आर्थिक दण्ड दिने गरी कानुन निर्माण गर्न गण्डकी प्रदेशलाई अनुरोध गर्ने निर्णय भएको हो । 

प्रकाशित: ३१ वैशाख २०७७ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App