६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अति आवश्यकबाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक (अपडेट)

भक्तपुर सिल

भक्तपुर- एकैदिन जिल्लामा दुई जना कोरोना संक्रमित भएको पुष्टी भएपछि कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने (सिल) गर्ने निर्णय भएको छ । साथै तथा अति आवश्यकबाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक लगाउने निर्णय गरिेएको छ ।  

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षता बुधबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा यस्तो निर्णय गर्नुपरेको जनाएको छ ।

बैठकले जिल्लाबाट अन्यत्र जिल्लामा जाने गरी जारी गरिएको सबै सवारी पास खारेज गरेको छ । गृह मन्त्रालयको च.नं. ३७८४ को मंगलबारको सवारी पास सम्बन्धमा प्राप्त भएको निर्देशन अनुसार यस्तो निर्णय भएको जनाइएको छ । विभिन्न ६ वटा निर्णयहरु गरेको बैठकले भक्तपुर जिल्लामा कोभिड–१९ को संक्रमणको हालको अवस्थाको समीक्षा गरिनुका साथै हालसम्ममा बाहिरबाट आएका दुई जना व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको हुँदा ती व्यक्तिहरुका यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने, निजहरुको वासस्थान सिल गर्ने, परिवारका सदस्यहरुकोसमेत तुरुन्त परीक्षण गर्ने र आवश्यकता अनुसार आइसोलेसन÷क्वारेन्टिनमा राख्ने व्यवस्था स्वास्थ्य कार्यालय र भक्तपुर अस्पतालले मिलाउने निर्णय गरेको छ ।

भक्तपुर जिल्ला प्रवेश गर्ने र वाहिर जाने अति आवश्यक वाहेक व्यक्ति तथा सवारी साधन निषेध गने, भक्तपुर जिल्लास्थित नगरपालिकाहरुले क्वारेन्टिन स्थलहरु चुस्तदुरुस्त राख्ने, वडाहरुमार्पmत आप्mनो क्षेत्रमा बाहिरबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वारेन्टिनमा पठाउने काममा समन्वय गर्ने निर्णय गरिएको छ । साथै स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको प्रभावकारी व्यवस्थापन तथा नियमनको काम गर्ने, विपन्न खाद्यान्न अभाव भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।  

यसैगरी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार नै बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाको सीमा नाकाहरुमा प्रवेश निषेध गर्नुपर्ने र जिल्लामा उद्योगहरु सञ्चालन गर्दा उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्या बढ्न सक्ने भएकोले उद्योग र कारखानाहरु बन्द गर्नुपर्ने जनाएको छ ।

बैठकले काठमाडौं उपत्यकाका सबै सीमा क्षेत्रमा अति आवश्यक बाहेक कुनै पनि व्यक्तिलाई प्रवेश निषेध गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, भारतबाट आउने फलफूल, माछामासु र तरकारी गाडीहरुलाई यस नगरपालिकामा प्रवेश निषेध गर्ने व्यवस्थाको लागि नेपाल सरकार समक्ष आग्रह गर्ने, जिल्लामा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने तथा अति आवश्यक बाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने, भक्तपुर नगरभित्र टेलिभिजन र मोबाइल पसल जस्ता विद्युतीय सामग्री पसल, चिया–खाजा पसल, सैलुन लगायत अन्य पसलहरु खुल्न थालिएको हुँदा ती पसलहरुलाई कडाइका साथ बन्द गर्न प्रहरी प्रशासनसँग समन्वय गरी अघि बढ्ने, जिल्ला बाहिरबाट आएका डेरा गरी बस्ने मानिसहरुलाई स्वास्थ्य परीक्षण नगराई आप्mनो घरमा नराख्नको लागि भक्तपुर नगरपालिकाले घरधनीहरुलाई आग्रह गर्ने, भक्तपुर नगरबासी दाजुभाईमा आ–आनो घरमा कोही व्यक्ति डेरामा बसेको छ भने घर धनीले सो को विवरण सम्बन्धित वडा कार्यालयमा बुझाउन अनुरोध गर्ने र सबै वडा कार्यालयले आप्mनो वडाभित्रको एकीकृत विवरण तयार गर्ने निर्णय गरेको छ ।  

बैठकले कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको देशव्यापी लकडाउन कार्यान्वयन गर्ने क्रममा भक्तपुर नगरपािलका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरु, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर उद्योग वाणिज्य संघलगायतले गरेका गतिविधिहरुको बैठकमा समीक्षा गरिएको थियो ।  

 

 

प्रकाशित: ३१ वैशाख २०७७ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App