६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

'हटस्पट'मै भद्रगोल तयारी

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । फितलो तयारी

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । यस प्रदेशको वीरगञ्जमा ९० जना संक्रमित आइसोलेसनमा छन । अस्पतालमा शयया अभाव भएपछि संक्रमितलाई क्वारेन्टाइनमा राखिएको छ ।  

५० वेडको आइसोलेसन वार्ड रहेको नारायणी अस्पताललाई विस्तार गरेर ७० वेडको आइसोलेसन क्षमताको पुर्याइएको छ । संक्रमित ७० जनालाई असपतालको आइसोलेसनामा भर्ना गरी उपचार भैरहेको छ । बाँकी २० विरामीलाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा निगरानीमा राखिएको छ ।

संक्रमितको संख्या बढेपछि प्रदेश सरकारको कोरोना उपचार तथा रोकथामको भद्रगोल तयारी उदांगिएको छ । संक्रमितलाई राख्न अस्पतालको शयया अभाव भएपछि क्वारेन्टाइनमा राख्नु परिरहेको छ ।

संक्रमितको संखया बढ्न थालेपछि प्रदेश सरकारले जनकपुरमा  हत्तारहत्तार कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । यद्यपी यस अस्पतालमा बेड बाहेकका सुविधा जडान हुन बाँकी छ । यस अस्पतालको आइसोलेसनमा पाँच जना भर्ना छन् । उनीहरुले समयमा खाना, खाजा नपाएको गुनासो गरेका छन् ।  

संक्रमितको संख्या द्रूत गतिमा फैलिएपछि वीरगञ्ज र बाराको १४ स्थानलाई ‘हटस्पट’ तोकेर पहिचानात्मक, परीक्षणात्मक र उपचारात्मक राणनीति तयार पार्न प्रदेश सरकार जुटेका छन् ।

‘संक्रमण फैलिएको बारा र पर्साको १४ स्थानलाई हटस्पट तोकेर  सिल गरिएको छ’ प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने,‘संक्रमित क्षेत्रलाई पूर्णरुपमा सिल गरेर ड्रोन क्यामेराबाट निगरानी बढाइएको छ । हट स्पोट क्षेत्रका प्रत्येक व्यतिलाई परीक्षणको दायरामा ल्याउने गरी तयारीमा जुटेका छौं । लकडाउनलाई अझ प्रभावकारी बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छुँ, उनले भने ।  

संघीय सरकारले खुल्ला गरेको औद्योगीक क्षेत्रलाई अनुगमन गरेर सामाजिक दुरीलगायतका नियन्त्रणकारी उपाय अबलम्बन नगरिएको पाइए बन्द गरिने मन्त्री यादवले बताए ।  

अब परीक्षणको दायरा नबढाई उपाय छैन उनले भने,‘परीक्षणको दायरा बढाए संक्रमितको संख्या अझ बढ्ने निश्चित छ । परिक्षणका लागि हामीले दुई थान आरटी पिसिआर मेसिन(रियल टाइम पोलिमराइज चेन रियक्सन) खरिद गरिसकेका छौं, छिटै मेसिन आइपुग्छ ।’ यी मेसिन मध्ये एक थान जनकपुरमा जडान हुने र अर्को थान मेसिन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा जडान हुने उनले बताए ।

प्रदेशमै सबै भन्दा बढी ९० जना संक्रमित वीरगञ्जका छन । प्रदेशका सात जिल्लामा कोरोना संक्रमित भेटिएका छन् भने सिरहामा गरिएको अहिलेसम्मको परीक्षण परिणाम नेगेटिभ छ ।

मंगलबार संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधारमा पर्सा र वारा जिल्लामा मंगलबार र बुद्यबार गरी तीन सय जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । बुद्यबारसम्म यस प्रदेशमा कूल चार हजार २ सय ३६ जनाको स्वाब संकलन भएकोमा ९६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नौ सय १० जनाको रिपोर्ट आउन बाँकी छ ।  

फितलो तयारी

पछिल्लो दुई दिनमा संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रदेशको भद्रगोल उदांगिएको छ । यहाँका अस्पतालमा संक्रमितको उपचारका लागि शययाको अभाव देखिएको छ । नारायणी अस्पताल वीरगञ्जमा शयया अभाव भएपछि संक्रमितलाई जनकपुर ल्याउने तयारी हुँदै छ । ‘पर्साका संक्रमितलाई कोभिड विशेष अस्पताल जनकपुरमा ल्याउने तयारी भैहरेको छ’, सरकारका प्रवक्ता आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले भने,‘महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि तयारी अन्तिम चरणमा छ ।’  

यस प्रदेशमा संक्रमण फैलिन थालेपछि सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रणका लागि मातहतका पाँच मन्त्रालयलाई २ अर्ब रुपैयाँ निकासा गरेको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि सरकारले नियन्त्रणात्मक र उपचारात्मक कार्यका लागि खर्चिन उक्त रकम निकासा गरेको हो ।  

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार वैशाख १५ गत्ते सम्म २ अर्ब रुपैयाँ सम्बन्धित मन्त्रालयले लगिसकेका छन् । स्वास्थ्यक्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालयले सबभन्दा बढी १ अर्ब १ करोड १२ लाख २७ हजार २ सय ५० रुपैयाँ निकासा पाएको छ । कोरोना महामारी नियन्त्रण र स्वास्थ्य उपकरण खरिद र सुरक्षाकर्मीको बन्दोबस्तीमा बढी रकम निकासा भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । राहत वितरणका लागि स्थानीय तह र घरेलु कार्यालयलाई पनि रकम निकासा गरिएको छ । प्रदेशका ८ वटै जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण तथा औषधि आपूर्तिका लागि ७ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार लकडाउनले भेन्टिलेटर र पीसीआर मेसिन खरिदमा समस्या देखिएको छ । अन्य आवश्यक स्वास्थ्य सामग्री खरिद भइरहेको उनले बताए ।

मन्त्रालयको आपूर्ति महाशाखाले २ थान पीसीआर मेसिन खरिदका लागि सूचना निकालिसकिएको  जनाएको छ । ३० थान भेन्टिलेटर खरिदका लागि पनि प्रक्रिया थालिसकिएको महाशाखाले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशमा खटिएका सुरक्षाकर्मीका लागि पीपीई खरिद गर्न ३ करोड रुपैयाँ निकासा लिएको छ । प्रदेश विपद् व्यवस्थापन कोषका लागि २ करोड र कारागार कैदी सुरक्षा शीर्षकमा १ करोड रुपैयाँ थप निकासा बुझेको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार कारागार–कैदी सुरक्षाका लागि प्रत्येक कारागारलाई २० लाख रुपैयाँ उपलब्ध गराइएको छ । चैत २८ गते मन्त्रालयले कोरोना भाइरसले पत्रकारको मृत्यु भए परिवारलाई राहत बाँड्न ५० लाख रुपैयाँ सहमतिमा निकासा गरिएको छ ।  

प्रकाशित: १ जेष्ठ २०७७ ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App