७ आश्विन २०८१ सोमबार
image/svg+xml

सुनसरीमा भोलि मध्यरातीदेखि एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यरातीदेखि लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय सवारीसाधन कारबााहीमा

बिहीबारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारी साधन चलाएको भन्दै प्रंहरीले १ हजार ५ सय सवारीसाधनलाई कारबाही गरेको छ।

निषेधाज्ञामा निःशुल्क शव ढुवानी र आर्थिक सहायता नरोकिने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ।

निषेधाज्ञामा पेट्रोलपम्प खुलै रहने

निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन्।

कैलाली र कंचनपुरमा वैशाख २२ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुर जिल्लामा एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्म दुवै जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् । अत्यावश्यक बाहेक सबै बन्द गरिएको छ ।

निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ।

निषेधाज्ञामा नियमित उडान

बहीबारदेखि राजधानी उपत्यका लगायत देशका कतिपय जिल्लामा निषेधाज्ञा जारी भए पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित हुने भएको छ।

निषेधाज्ञाले फेरि निर्माण क्षेत्र प्रभावित हुने

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार एक विज्ञप्ति जारी गरी निषेधाज्ञाको कारणले पूर्वाधार क्षेत्र फेरि जटिल मोडमा पुगेको जनाएको छ। महासंघका महासचिव रोशन दाहालले कोभिड १९ को कारण गत वर्ष झैं यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण म्यादको समस्या अझै पेचिलो हुँदै जाने बताए।

उपत्यकामा निषेधाज्ञाको पहिलो दिन चेकजाँचमा कडा (फोटोफिचर)

प्रहरीले चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका साधनलाई होल्ड गरेको गरेको छ। विनाकाम हिँड्नेलाई पनि होल्ड गरेको छ।

उपत्यकामा निषेधाज्ञा: नटेरे ठाउँको ठाउँ कारबाही

अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि प्रहरीले सडकमै कारबाही गर्नेछ। निषेधाज्ञा लागु भएपछि बिनाकाम सडकमा निस्कने, भीडभाड गराउने, कोरोनाको जोखिम बढाउनेलाई प्रहरीले कारबाही गर्नेछ।

रुपन्देहीमा ३० गतेसम्म निषेधाज्ञा

कोरोनाको दोश्रो लहर नियन्त्रणका लागि रुपन्देहीमा बैशाख १६ गतेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ बिहीबार बिहान ६ बजेदेखि बैशाख ३० गते बिहान ६ बजेसम्मका लागि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुनेछ

गाउँमै बस्ने वातावरण बनाउन जोड

काठमाडौँमा निषेधाज्ञा हुने निश्चित भएसँगै गाउँ फर्किनेहरुको लर्को लागेको छ। सहरमा अध्ययन, रोजगारीका लागि पुगेकाहरु पनि गाउँ फर्किने क्रम जारी छ। यसरी फर्केकाहरुले गाउँलाई माया गर्नुपर्ने पाँचथरका स्थानीय एवं अगुवाहरुले बताएका छन्।

पाल्पामा वैशाख १७ गतेदेखि २४ सम्म निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी हुने भएको छ। बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

निषेधाज्ञामा सवारी पास: कसले पाउने, कसले नपाउने?

नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन सवारी साधनको वर्गीकरण गरेको हो।

सुर्खेतमा एक साताका लागि निषेधाज्ञा

कोभिड–१९ तीव्ररुपमा बढ्दै गएपछि सुर्खेतमा एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले १४ गते राति १२ बजेदेखि लागू हुने एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्