२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

कैलाली र कंचनपुरमा वैशाख २२ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुर जिल्लामा एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्म दुवै जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् । अत्यावश्यक बाहेक सबै बन्द गरिएको छ । 

अत्यावश्यक सवारी साधन एम्वुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री, दुग्धजन्य पदार्थ बाेकेका सवारी साधन, बैंक तथा बित्तिय संस्थाका सवारी साधन, दुरसंचार तथा ईन्टरनेट र आईसोलेसनका सवारी साधन संचालन हुन दिइएको जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् । यसैगरि भारतबाट फर्कने नेपालीहरुलाई घर जानका लागि सीमाबाट सवारी साधन चल्न दिइएको छ ।

यसैगरि खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल संचालन गर्न दिएको छ भने अन्य सबै बन्द गरिएका छन् । खाद्य सामग्रीका पसलहरु बिहान ५ देखि १० बजेसम्म खोल्न दिइएको छ । निषेधाज्ञा जारीपछि धनगढी, महेन्द्रनगर लगायतका बजारहरु बन्द रहेका छन्।  

प्रकाशित: १६ वैशाख २०७८ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App