७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रुपन्देहीमा ३० गतेसम्म निषेधाज्ञा

कोरोनाको दोश्रो लहर नियन्त्रणका लागि रुपन्देहीमा बैशाख १६ गतेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि बैशाख ३० गते बिहान ६ बजेसम्मका लागि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।  

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका अन्य सबै सेवा तथा गतिविधिमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा जारी गरीएको आदेशमा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्बसाधारणलाई आग्रह गरीएको छ । अति आवश्यक सवारी साधन, शान्ति  सुरक्षा, स्वास्थ्य सेवा, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोर मैला, इन्धन व्यवस्थापन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक बस्तु तथा मालसामान ओसार पसार गर्ने ढुवानीका साधनहरु चल्ने छन् । अत्यावश्यक बाहेकका पसल व्यवसाय पनि बन्द गरीने छ ।  

सबै प्रकारका निजी तथा सार्वजनिक सवारी राधन सञ्चालनमा रोक लगाइएको छ । सीमा नाकामा भारत तथा तेश्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाइएको छ । नित्य पूजा बाहेकका धार्मिक गतिविधि तथा सामूहिक कार्यहरुलाई रोक लगाइएको छ । नेपाल सरकारको निर्णयबमोजिम अत्यावश्यक अवस्थामा नेपाल आउनु पर्ने नेपालीहरुका लागि भने तोकिएको बेलहिया नाकाबाट मात्रै नेपाल प्रवेश दिइने छ । त्यसरी प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गर्ने एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपाेर्ट आउनेलाई सम्बन्धित पालिकाको समन्वयमा क्वारेन्टिन वा आइसोलेसनमा पुर्याउने व्यवस्था मिलाउने बताइएको छ ।

प्रकाशित: १५ वैशाख २०७८ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App