१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

निषेधाज्ञामा नियमित उडान

बहीबारदेखि राजधानी उपत्यका लगायत देशका कतिपय जिल्लामा निषेधाज्ञा जारी भए पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित हुने भएको छ।  

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ। क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञा लागू हुने बिहीबारदेखि पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिए।  

विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ। आन्तरिक उडान नियमित हुने भए पनि निषेधाज्ञाअघिको तुलनामा यात्रुको संख्या कम हुने प्रवक्ता क्षेत्रीले बताए।  

आन्तरिक उडानका ठूला हवाई सेवा प्रदायक कम्पनीहरू बुद्ध एयर, यती एयलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीलाई यात्रु ओसार्ने चटारो परेको छ। यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले उडान थपेका छन्। रासस

प्रकाशित: १६ वैशाख २०७८ ०५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App