७ आश्विन २०८१ सोमबार
image/svg+xml

बागलुङमा निषेधाज्ञामा कडाई, संक्रमित तीव्ररुपमा थपिएपछि नयाँ भेरियन्टको आशंका

जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र बन्द रहनेगरी निषेधाज्ञामा कडाई गरेको हो। आज बिहान ५ बजेबाट लागु गरिएको निषेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्म जारी रहेनेछ।

इलाम निषेधाज्ञामा कडाई, अब खाद्य पसलसमेत बन्द

प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोप केन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नुपर्ने उल्लेख छ।

निषेधाज्ञामा रोकिएन सडक सरसफाइ

पहिलो लहरको सुरु हुँदा मास्ककै भरमा असुरक्षित सडक सफाइ गरेका उनले लामो समयसम्म त्यति जोखिम मोलेर काम गर्नु परेन। उनीसहित यहाँका सडक सफाइ कर्मचारीले कोरोनाका कारण विश्व नै आक्रान्त बनेका बेला स्वास्थ्य सुरक्षाका सामग्री सहयोग पाए। अहिले उनी मात्र होइन, यहाँका सबै सडक सफाइ कर्मचारी सुरक्षाका उपाय अवलम्बन गर्दै काम गरिरहेका छन्।

निषेधाज्ञामा निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह

खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै रकम अभावले खाद्यान्न समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गरे।

निषेधाज्ञामा भएको कडाइले दिएको सन्देश

प्रतिनिधिसभा विघटनको मुद्दा यसपालि अदालतले छिटो फैसला गर्ने अनुमान लगाइएको छ। संसद् विघटन सदर भए आन्दोलन हुनसक्ने सम्भावनालाई सरकारले सतर्कताका साथ हेरिरहेको स्रोत बताउँछ। ‘म यसो गर्छु, मैले यो गरें भने आन्दोलन हुनसक्छ, त्यसैले यो समयसम्म कोरोनाको रोकथाम गर्दिनँ र आन्दोलन रोक्न कोरोनाको नाममा सडकमा आवागमनमा कडाइ गर्न पाइन्छ’ भन्ने सोंचमा प्रधानमन्त्री रहेको ती नेताले बताए।

निषेधाज्ञामा साना व्यवसाय बन्द, ठूला खुला

एलएनचौक दायाँबायाँमा रहेका शाखा सडक किनारमा खोलिएका साना पसललाई प्रहरीले बन्द गराउँदै आए पनि सोही ठाउँमा रहेको चौलानी डिपार्टमेन्टल स्टोरमा भने प्रहरीले आँखा चिम्लने गरेको छ।

निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ।

निषेधाज्ञामा नियमित उडान

बहीबारदेखि राजधानी उपत्यका लगायत देशका कतिपय जिल्लामा निषेधाज्ञा जारी भए पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्