२३ आश्विन २०८१ बुधबार
image/svg+xml

म्याग्दीमा भर्ना अभियान सुरु (अपडेट)

जिल्लाको एक गाउँपालिकाले विद्यालय भर्ना अभियान सुरु गरेको छ । सरकारले जारी गरेको लकडाउन लम्बिएपछि पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाले वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै सामाजिक दूरी कायम गरी विद्यालय भर्ना अभियान सुरु गर्ने निर्णय गरेको हो ।

खाडिमा कोरोना संक्रमित १ लाख नाघे, मृत्यु हुने ७ सय नजिक

नेपालीहरुको बाक्लो उपस्थिति रहेको खाडी मुलुकहरुमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या १ लाख नाघेको छ। खाडि मुलुकहरू बहराईन, कुवेत, ओमन, साउदी अरेबिया, कतार र युएईका सरकारी निकायहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार साँझसम्म कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १ लाख ४ हजार ४ सय २८ पुगेको हो।

बिश्रामपुर गाउँपालिकामा भेटिए कोरोना संक्रमित (अपडेट)

वीरगन्जको छपकैयामा भेटिएको संक्रमितको सम्पर्कमा आएका बिश्रामपुर गाउँपालिका-४ बलिरामपुरका एक जना स्थानीयमा कोरोना भाइरस लागेको पुष्टि भएको छ। बिश्रामपुर गाउँपालिका-४ बलिरामपुर घर भई वीरगन्जमा व्यवसाय गरेका एक जनामा कोरोना भाइरस लागेको पुष्टि भएको बारा प्रहरीले जनाएको छ।

डडेल्धुरा अस्पतालमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु

लकडाउनका कारण डडेल्धुरा अस्पतालमा आंसिक रुपमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु गरिएको छ । डडेल्धुरामा कोरोना भाईरसको संक्रमण नदेखिनु र सुदूरपश्चिम प्रदेशका स्थानियमा देखिएको संक्रमण पनि निको भए पछि मंगलबार ओपिडि सेवा सुचारु गरिएको अस्पतालले जनायो ।

भारतमा रेल चल्दा कर्णालीलाई चिन्ता

रोजगारीका लागि भारत गएका कर्णालीबासीहरु फर्किने क्रममा रहेकाले पूर्व तयारीमा लाग्न प्रदेश सरकारले स्थानीय तहहरुलाई निर्देशन दिएको छ । भारतले बुधबारदेखि रेल सेवा सञ्चालनमा ल्याएसँगै रोजगारीका लागि त्यहाँ रहेका नेपालीहरु फर्कने तयारीमा छन् ।

तिब्बत सरकारले फेरि पठायो ठूलो परिमाणको पीपीईसहितका सामग्री

ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) दिएको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले यहाँका स्वास्थ्यकर्मीका लागि ठूलो परिमाणका थप पीपीई दिएको छ ।

प्रदेश २ मा संक्रमितको संख्या ७२ पुग्यो

प्रदेश २ म एकैदिन ४० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

र्‍यापीड डाइग्नोस्टिक टेष्ट : एक व्यक्तिका दुई थरी रिपोर्ट (अपडेट)

खोटाङको साकेला गाउँपालिकाका–२ रतन्छाका दुई जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) पोजिटिभ देखियो । गाउँपालिका आफैले दुई सय थान किट ल्याएपछि सोमबार र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्नेक्रममा दुबईबाट फागुन ११ गते काठमाडौं ओर्लिएर बैसाख १२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष र उपचारका लागि मंसिरमा काठमाडौं पुगेको अवस्थामा बैसाख १३ गते गाउँ आएका २३ वर्षीय युवाको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको हो ।

रिपोर्ट नआउँदै घर पठाइएका युवकको रिपोर्ट पोजेटिभ (अपडेट)

प्रयोगशाला परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका एक युवकमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकलाई आइतबार घर पठाइएको खुलेको छ ।

भारतसहित तेस्रो मुलुक गएका नागरिकको बिवरण तयार पार्न स्थानीय तहलाई ७ दिनको समय (अपडेट)

अब ताप्लेजुङका स्थानीय तहले आ–आफ्ना पालिकाभित्रबाट रोजगार, अध्ययन, भ्रमण र उपचारसहितको कार्यका लागि भारतसहित तेस्रो मुलुक गएका नागरिकहरुको अभिलेख तयार गर्नुपर्ने भएको छ ।

कर्णालीमा एक महिने ‘मेडिकल मार्च’

कोरोना संक्रमण रोक्नका लागि स्थानीय स्तरमा जनचेतना फैलाउन र कर्णालीका नागरिकहरूलाई चिकित्सकीय सेवा दिनका लागि एक महिने ‘मेडिकल मार्च’ अभियान सुरु भएको छ ।

लकडाउन अन्त्य नभएसम्म सबै सरकारी कार्यालय नखुल्ने

बन्दाबन्दी (लकडाउन) को अन्त्य भई जनजीवन सामान्य नबनेसम्म सबै सरकारी सेवाहरू पूर्ववत् रूपमा सुरु नहुने अधिकारीहरूले बताएका छन्।

कोरोना संक्रमण : उच्च जोखिम उपत्यका

सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ।

ताप्लेजुङमा ४ सय ४१ जनाको आरडीटी परीक्षण, सबैको रिर्पोट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को आशंकामा ताप्लेजुङमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४ सय ४१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ अर्थात् सङ्क्रमण नभएको पाइएको छ। चैत महिनायता भारतसहित तेस्रो मुलुकबाट र देशकै बिभिन्न स्थानबाट जिल्ला भित्रिएकाहरुको आरडीटी गरिएको थियो। अहिले सम्म ४ सय ४१ जनाको आरडीटी र १५ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ।

पोखरामा सवारी चाप बढ्दो (फोटो फिचर)

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणको लागि सरकारले चैत्र ११ गतेबाट देश लकडाउन गरेको छ।  लकडाउनको समय लम्बिदै जाँदा देशमा कोरोना संक्रमित समेत बढेको बढेको छ।  गण्डकी प्रदेश सरकारले भने लकडाउन खुकुलो बनाउँदै जादा पोखरामा भने सवारी चाप बढेको पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्