२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना रोकथामका लागि चीनले दियो ४० हजार थान पीसीआर किट

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन्।

सीमानाबाट नेपालीको प्रश्न : भारतले क्वारेन्टाइनमा नराख्ने, नेपालले फर्काइरहने हामी कहाँ जाउँ ?

रुपन्देहीको कोटहीमाइ गाँउपालिका १ रामनगरका उदयराज लोध र अशोक लोध गत मंसिरमा मजदुरीका लागि भारत गएका हुन्।

खोटाङमा ११ महिने शिशुसहित ३ जना होम क्वारेन्टाईनमा, ६ जना क्वारेन्टाईनमा

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिराटनगरबाट गाडी रिजर्भ गरेर आएका ३ जनालाई होम क्वारेन्टाईनमा र ६ जनालाई क्वारेन्टाईनमा राखेको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट अनलाईन सवारी पास लिएर गाउँ आइपुगेका ११ महिने शिशु सहित ९ जनालाई अवस्था हेरेर क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्रिएको रातो प्लेट भएको जीपलाई नियन्त्रणमा लिएर चालक तथा यात्रुलाई आईतबारदेखि १४ दिनका लागि क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

कोरोना जितेर घर फर्किएकाहरू भन्छन्– ‘आत्मबल दह्रो गर्‍यौं’, विरामी भएको महशुस भएन’

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि कोसी विशेष कोरोना अस्पताल विराटनगरमा उपचारपछि डिस्चार्ज भएका त्रियुगा नगरपालिका– ३ भुल्केका ४ युवा घर फर्केका छन्। वैशाख पहिलो साता संक्रमित पुष्टि भएपछि आईसोलेसनमा उपचाररत उनीहरुलाई शुक्रबारै डिस्चार्ज गरिए पनि घर आउन नदिएर मोरङको रानी क्वारेन्टाईनमा राखिका थिए।

रसुवाभित्र मात्र सञ्चालन हुने सवारी साधनलाई पास आवश्यक नपर्ने

जिल्ला भित्र मात्र सञ्चालन हुने सवारी साधनका लागि पास आवश्यक नपर्ने भएको छ। यसअघि जिल्ला भित्र सञ्चालन हुने सवारी साधनका लागि पास आवश्यक पथ्र्यो। जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रसुवाको शनिबार बसेको बैठकले जिल्लाभित्र एक स्थानबाट अर्को स्थानमा ढुवानी हुने निर्माण सामग्री तथा खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई पास आवश्यक नपर्ने निर्णय गरेको हो।

लकडाउनमा पनि सवारीको चाप ! (फोटो फिचर)

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको छ। चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको थियो।

अस्पताल अनुगमन गर्न मुख्यमन्त्री शाहीको टोली जुम्लामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको अनुगमन गर्न जुम्ला पुगेको छ। हेलिकप्टरमार्फत सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे र स्वास्थ्य निर्देशक रितुराज भण्डारी जुम्ला पुगेका हुन्।

ताप्लेजुङमा रिड नेपालले जेठ १ गतेबाट रेडियोमार्फत विद्यार्थीलाई पढाउने

लकडाउनका कारण बिद्यालय जान नसकेका ताप्लेजुङका बिद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले दुरशिक्षा सिकाई रेडियो कार्यक्रममार्फत घरमै बसेर अध्ययनको मौका दिने भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीले आतंकित भएको अवस्थामा सुरक्षित ढंगबाट बिद्यार्थी सिकाई केन्द्रित गर्न यस्तो अभियान सुरु गर्न लागिएको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिए।

‘हुनेले दिऔं, नहुनले लिऔं’ अभियान

मातृभूमी बाकाचोल सेवा समाज नेपालले काठमाडौमा  लकडाउन पिडितको सहयोगार्थ ‘हुनेले दिऔं, नहुनले लिऔं’ नामक राहत अभियान चलाएको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल घर भइ काठमाडौं बसिरहेका युवाले स्थापना गरेको समाजले काठमाडौंमा  बसिरहेको अवस्थामा लकडाउनका कारण मारमा परेका बाकाचोलबासी नागरिकको सहयोगार्थ राहत अभियान चलाएको हो। हालसम्म काठमाडौंका विभिन्न स्थानमा बसिरहेको अवस्थामा लकडाउनबाट पिडित बनेका १ सय २० परिवारलाई हुने व्यक्तिबाट सहयोग संकलन गरेर चामल, दाल, नून, तेल, चिनी लगायतका राहत प्रदान गरिसकिएको मातृभूमी बाकाचोल सेवा समाज नेपालका सचिव तुलसीराम पुरीले बताए।

कोरोना भाइरसबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५ हजार भन्दा बढी संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ।

महामारीमा आयुर्वेद अफवाह

गत वर्ष डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व महामारीको रूप लिइसकेकोछ।

आमाको किरिया गर्न आएका छोरा बाटैबाट फर्काइए

भगिराज राईले समाजिक सञ्जाल फेसबुकमा मृतक आमाको काजकिरिया गर्न घर जान नपाएको भावुक स्टाटस लेखे। शुक्रबार मृत्यु भएकी आमाको काजकरियिा गर्नका लागि इलामको माई नगरपालीबाट आफ्नो घर पाँचथरको फालेलुङ गाँउपालिका–२ आउन खोज्दा भाउजु, आफन्तहरुसहित आफूलाई राँके बजारबाट फर्काइएको भन्दै पीडा व्यक्त गरेका थिए।

जनकपुरमा कोभिड विशेष अस्पताल

वीरगञ्ज महानगरपालिका–३ छपकैया मुस्लिम बस्तीमा कोभिड १९ संक्रमित एक जना थपिएसँगै प्रदेश २ मा कोभिड १९ संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार भेटिएका ६२ वर्षीय संक्रमित पुरुष किराना पसल सञ्चालक हुन ।

सुत्केरीलाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्दै गाउँपालिका

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरणको तयारी गरेको छ। लकडाउनको अवधि (चैत र वैशाख) मा सुत्केरी हुँदा पोषिलो खाद्य सामग्री जुटाउन नसकिरहेको अवस्थामा सुत्केरी महिलालाई गाउँपालिकाले चना, केराउ, भटमास, गहुँ, अण्डा लगायतका पोषणयुक्त खाद्य वस्तु वितरणको तयारी गरेको हो।

१२ दिन पैदल हिडेर जन्मथलो पुगे जुम्ली

जिल्लाको हिमा गाउँपालिका– २ ओदी गाउँका १२ जना एक हप्ता सम्म पैदल हिडेर जन्मथलो पुगेका छन्। उनीहरू भारतमा अलपत्र थिए। भारतमा अलपत्र परेका थियौँ, एक हप्ता सम्म कडा संघर्षका साथ पैदलहिडरे जन्मथलो पुग्यौँ, एक स्थानीयले भने,‘ यहाँ पुगेर पनि क्वारेन्टाइनमै बसेका छौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्