२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

१२ दिन पैदल हिडेर जन्मथलो पुगे जुम्ली

जुम्ला – जिल्लाको हिमा गाउँपालिका– २ ओदी गाउँका १२ जना एक हप्ता सम्म पैदल हिडेर जन्मथलो पुगेका छन्। उनीहरू भारतमा अलपत्र थिए। भारतमा अलपत्र परेका थियौँ, एक हप्ता सम्म कडा संघर्षका साथ पैदलहिडरे जन्मथलो पुग्यौँ, एक स्थानीयले भने,‘ यहाँ पुगेर पनि क्वारेन्टाइनमै बसेका छौँ।’

रोजगारीका लागि १२ जनाको समूह तीन महिनाअघि ज्यालामजदुरीमा काम गर्न भारतको पिथौरागढ पुगेको थियो। उनीहरु निकै दुखकष्ट गरेर घरमा आइपुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाही बताउँछन्। उनले भने,‘ एक हप्तासम्मको पैदलयात्रा पछि उनीहरू जुम्ला आइपुगेका छन्।  अहिले विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ।’
 भारतको पिथौरागढ हुँदै दार्चुलाको झुलाघाट नाका भएर घर पुगेको हुन्  । सीमापारि २१ दिनसम्म क्वारेन्टाइनमा बसेर आएको उनीहरु बताउँछन्। पैदलयात्रा गरेर भारतबाट जन्मथलो पुगेको भन्दै स्थानीयले उच्च सावधानी पुर्वक क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन्। उनीहरुले नियमित स्वास्थ्यकर्मीको निगरानीमा राखेर सतर्कता अपनाउन गाउँपालिकालाइ आग्रह गरेका हुन्। 

वडाध्यक्ष नैनसिंह रोकाया भारतबाट आएको थाहा पाउनेबित्तिकै  परिवारसँग घुलमिल हुन पनि नदिइएको बताउँछन्। क्वारेन्टाईन बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी भइरहेको छ। धमाधम चोरबाटो हुदै भारत गएकाहरु जिल्ला भित्रिन थालेपछि गाउँमा त्रास बढ्न थालेको छ।  लकडाउन अवधिमा जुम्लामा १० हजार सात सय ६५ जना मानिस भित्रिएका छन्। जसमध्ये अधिकांश होमक्वारेन्टाइनमा बस्ने भन्दै घर फर्किसकेका छन्। पहुँचवाला घरफर्किएको र पहुँचविहिन क्वारेन्टाइनमा दिन कटाउन बाध्य भएको जनगुनासो छ। 

नेपालगंजमा कोरानको संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेश सरकारले कर्णालीका सबै नाका सिल गरेको जनाएको छ। ‘सरकार नाका सिल गरिसकेको बताउँछन्’, स्थानीयले भने,‘ मानिसहरु धमाधम भित्रिरहेका छन्। आफ्ना भित्र्याउने तर अरुलाइ सिमा वारिपारि मै अलपत्र परेको हेरिरहेको अवस्था राम्रो लागेन।’

 

प्रकाशित: २७ वैशाख २०७७ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App