२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रुपन्देही, नवलपरासी र कपिलबस्तुका सीमानाकामा करिव तीन हजार नेपाली अलपत्र

रुपन्देहीको बेलहिया नाका पारी भारतीय बजार सुनौलीका सडक पेटीहरु केही दिन यता नेपालीहरुले भरीभराउ देखिन्छन्। त्यो हुलमा महिला बालबालिका र बृद्ध पनि छन। ती मध्ये केही भारत स्थित नौतनवाको क्वरेन्टाइनमा १४ दिन बसेर फर्केका हुन। केही भने दिल्ली,बम्बै,पञ्जाव,बैङलोर,लखनउ जस्ता शहरबाट सिधै आएका हुन्।

भक्तपुर अस्पताललाई सुरक्षा सामग्री प्रदान

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि खटिरहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार एक कार्यक्रमबीच सामानहरु हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर अस्पताललाई पि.पि.ई.४० सेट, मास्क ४० वटा, फेस शिल्ड १० वटा, आईज गुगल्स १० वटा हस्तान्तरण गरे ।

सुदुरपश्चिममा किट अभावले परीक्षण रोकियो, संकलन भएका नमुना तीन दिनदेखि थन्किए

सुदूरपश्चिममा आरएनए एक्पेक्सन किट अभावका कारण थ्रोट स्वावको जाँच रोकिएको छ। परीक्षण बन्द भएपछि शंस्कास्पद ५५ जनाको संकलन गरिएको थ्रोट स्वाव थन्किएका छन।

कपिलवस्तुका कोरोना संक्रमित युवासँगै आएका दुई जना भेटिएनन्

कपिलवस्तुको मायादेबी गाउँपालिका– २ अभिरावमा भेटिएका कोरोना संक्रमित दुई दाजुभाइ हुन। उनीहरु एउटै पविारका दाजु भाईका छोराहरु रहेको प्रहरी उपरीक्षक दीप समशेर जबराले बताए। उनीहरु १६ र २२ वर्षका युवा हुन।

विराटनगरबाट कोरोना मुक्त भएर थप ८ जना डिस्चार्ज

बिराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उनीहरुलाई आज विहान डिस्चार्ज गरिएको हो। ८ जना मध्ये ७ जना उदयपुरका र १ जना भारतीय हुने। कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ।

रक्तदान सम्पन्न

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच  पनि रगतको अभाव कम हुन नदिन काठमाडौंको हाँडीगाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ को  सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न काठमाडौंमा रक्तदान गरिएको हो। सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससंगको सहकार्यमा त्रीशत्ति क्लबले रक्तदान  संस्थाले बिहीबार  कार्यक्रम गरेको हो।

संसद भवनमा सांसदको स्वाब संकलन (फोटो फिचर)

शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण गरिएको छ।

कोभिड–१९ बन्दीको अनुभव

आज विश्वका २१० भन्दा बढी राष्ट्र कोरोना महामारीको चपेटामा फसेका छन्। नेपाल पनि प्रभावित देशमध्ये एक हो।

अर्थतन्त्रमा पुर्नउत्थानको खाँचो

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिएर मानव सभ्यता र मानव जीवनलाई संकटमा पारेको छ। कोरोनाबाट विश्वभर मृत्यु हुने क्रम बढिरहेको छ। यो महामारीले औषधि विज्ञान र अन्वेषणकर्तालाई नै चुनौति दिएको छ। विज्ञानले हरेक असम्भवलाई सम्भव बनाएको थियो। तर, अहिले कोरोनाको औषधि पत्ता लगाउन मुस्किल भइरहेको छ।

कोभिड - १९ :निकासका उपाय

कोभिड–१९ को संकट जितेर अघि बढेको विश्व समाज फरक हुनेछ। युद्ध जितेर फर्केको सिपाहीझैँ आफ्नो जीवनप्रति कृतज्ञ हुँदै समाज र देशप्रति बढी सद्भाव र लगाव दर्शाउनेछ।

साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। वुद्ध जयन्तिको अवसरमा सन्देश दिँदै उनले कोरोना भाइरसको महामारीले धुमधामले वुद्ध जयन्ती मनाउन सकिने अवस्था नभएको बताएका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको बताएका छन्।

एआइएनद्वारा मेडिकल सामाग्री सहयोग

अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ ९एआइएन० ले कोरोना ९कोभिड–१९० महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको छ।

लकडाउन मात्रै थप्ने कि समाधान पनि खोज्ने ?

लकडाउन थपेको थप्यै गर्ने तर कोरोना जोखिम कम गर्न आवश्यक काम भने सुस्त गतिमा अघि बढाउने सरकारी शैलीको सर्वत्र आलोचना भइरहेको छ।

कोरोना निको भएर घर फर्केका ३ जना अस्पताल भर्ना

कोरोना मुक्त भएर घर फर्केका तीन जना पुन: अस्पताल भर्ना भएका छन्। बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिए पछि अस्पताल भर्ना भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्