२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रक्तदान सम्पन्न

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच  पनि रगतको अभाव कम हुन नदिन काठमाडौंको हाँडीगाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ को  सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न काठमाडौंमा रक्तदान गरिएको हो। सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससंगको सहकार्यमा त्रीशत्ति क्लबले रक्तदान  संस्थाले बिहीबार  कार्यक्रम गरेको हो।

 काठमाडौं महानगरपालिका वडा नं ५ हाँडीगाउँस्थित त्रीशत्ति क्लब प्राङ्गणमा आयोजित कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन्  संस्थाको वार्षिकोत्सव तथा २५६४ औ बुद्ध जयन्तीको अवसरमा गरिएको रक्तदानमा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका आयोजक संस्था त्रिशक्ति क्लबका अध्यक्ष बालकृष्ण खड्गीले जानकारी दिए।
लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवालले लकडाउनको सीमा क्षेत्र भित्र रही रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए। कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद दिए। रक्तदान कार्यक्रममा वडाध्यक्ष रमेश डंगोललगायत स्थानीय नेता, कार्यकर्ताको समेत उपस्थिति थियो।

प्रकाशित: २५ वैशाख २०७७ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App