coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अस्पताल अनुगमन गर्न मुख्यमन्त्री शाहीको टोली जुम्लामा

जुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको अनुगमन गर्न जुम्ला पुगेको छ। हेलिकप्टरमार्फत सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे र स्वास्थ्य निर्देशक रितुराज भण्डारी जुम्ला पुगेका हुन्।

मुख्यमन्त्री शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका आइसोलेसन, आइसियु, पिसिआर मेसिन लगायतको संरचनाको अनुगमन गर्ने कार्यक्रम रहेको रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए। 

साथै स्थानीय तहका प्रमुख, अस्पतालका चिकित्सक, विभागीय प्रमुखसंग समेत छलफल गर्ने कार्यक्रम रहेको रजिष्टार काफ्लेले जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री शाहीको टोली आजै सुर्खेत प्रस्थान गर्नेछ। 

 

प्रकाशित: २८ वैशाख २०७७ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App