७ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना प्रकोपलाई सम्बोधन गर्ने गरी बजेट, कृषिलाई प्राथमिकता

कोरोना भइरसका कारण अर्थतन्त्रमा ठूलो समस्या देखिएकाले यसलाई सम्बोधन हुने गरी आगामिक आर्थिक वर्षको बजेट बजेट आउने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । १ नम्बर प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ ।

दुई अन्तराष्ट्रिय गैर सरकारी संस्थाद्वारा १६ लाख बढी मूल्यको स्वास्थ्य सामग्री

कोरोना संक्रमणविरुद्ध अग्रभागमा खटिने ताप्लेजुङका स्वास्थ्यकर्मीका लागि २ वटा अन्तराष्ट्रिय गैर सरकारी संस्थाले करिव १६ लाख मूल्य बराबरको उपकरण तथा व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेका छन् । एक्सन फर नेपाल र वन हर्ट वल्ड वाईडमार्फत उक्त मूल्य बराबरको सामग्री आउन लागेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

म्याग्दीको ओखरबोटका एक युवामा डेँगी पोजेटिभ

कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेको बेलामा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटका ३० वर्षिय एक युवामा डेँगी पोजेटिभ देखिएको छ । बेनी अस्पतालमा उपचारर्थ बिरामीमा डेँगीको संक्रमण देखिएको बेनी अस्पतालका डा.मनोज घिमिरेले बताए । ‘म्याग्दी डेँगीको जोखिममै पर्छ,‘बिरामीको ट्राभल्ल हिस्ट्री पनि हेछौ’ डा. घिमिरले भने । जिल्लामा डेँगीको संक्रमणबाट जोखिन जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन अति आवश्यक रहेको डा.घिमिरेको भनाई छ ।

बेलायती नागरिक जोन्स भन्छन् : ‘नेपाल सुरक्षित भएकै कारण आफ्नो देश गइनँ’

सामुयल जोन्स बेलायती नागरिक हुन् । तीन महिनाअघि उनी रसुवा आएका थिए । उनी अहिले पर्यटकीय हबको रूपमा रहेको स्याफ्रुमा बसिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिँदै जान थालेपछि अप्रिल ७ मा उनलाई पनि आफ्नो देशमा बोलाइयो । तर, उनलाई नेपाल नै सुरक्षित लागेपछि तत्काल फर्किएनन् ।

विकास खर्च ५० प्रतिशतमुनि

चालु आर्थिक वर्ष सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको थियो। वैशाख १५ सम्ममा एक खर्ब १० अर्ब रुपैयाँमात्र खर्च भएको छ।

विद्यार्थीलाई रेडियोबाटै ट्युसन कक्षा

कोरोना भाइरसबाट प्रभावित भएका विद्यार्थीका लागि बाँकेमा एफ.एम. रेडियोमार्फत ट्युसन कक्षा सञ्चालन गरिएको छ । जिल्लाको ग्रामिण क्षेत्र राप्तीसोनारी गाउँपालिकामा रहेको रेडियो भूवर भवानी र नेपालगन्जस्थित रेडियो कृष्णसारले छुट्टा–छुट्टै ट्युसन कक्षा सञ्चालन गरेका हुन् । रेडियोमार्फत एसईई विशेष र कक्षा १ देखि १० सम्मको पठन पाठन दैनिक रुपमा सञ्चालन गरिन्छ ।

जोखिम क्षेत्रमै छैन पर्याप्त परीक्षण किट

प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) को परीक्षण किटको अभाव भएको छ। संघीय सरकारले सबै ठाउँमा पर्याप्त मात्रमा किट उपलब्ध गराएको दाबी गरिरहे पनि प्रदेश १ का केहि जिल्लामा परीक्षण किटको अभाव देखिएको हो।

कोरोना कहरः ज्यालादारी मजदुर मारमा

चैत ११ गते सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेपछि सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६, का वीरबहादुर नेपाली कामविहिन छन्। दैनिक ज्यालादारी काम गर्ने उनी हालसम्म काममा फर्किन सकेका छैनन्।

एनइएद्वारा स्वाब संकलन बुथ सहयोग

नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बागमती प्रदेशले नुवाकोटको खरानीटारस्थित क्षेत्रीय अस्पताललाई कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिको स्वाब संकलन गर्ने बुथ हस्तान्तरण गरेको छ।

बजेटको प्राथमिकता फेरियो

कोरोना भाइरस संक्रमणको असरले आगामी बजेटमा प्राथमिकताका क्षेत्र फेरिने भएका छन्। आर्थिक वर्ष ०७७/७८ को बजेटका लागि ‘मेगा प्रोजेक्ट’ तयार गरिरहेको राष्ट्रिय योजना आयोगले कोरोना प्रभावका कारण बजेट प्राथमिकताका शीर्षक फेरिएको जनाएको छ।

अनलाइन कक्षाका लागि विद्यार्थीलाई डाटा उपलब्ध गराउन टेलिकम सकारात्मक

कोरोना भाइरासको जोखिमबाट बच्न सरकारले बैशाख १५ गतेदेखि लागु हुने गरी थप १० दिन लकडाउन लम्ब्याएको छ। लकडाउनको मारमा शिक्षा क्षेत्र ज्यादै नराम्रोसँग प्रभावित बनेको छ। एकातिर कक्षा १०, ११ र १२ को परीक्षा कहिले हुने टुंगो छैन भने अर्को तर्फ बैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्र पनि ६ महिना पछाडि धकेलिने संकेत देखिएको छ।

आज लकडाउनको ३८ औं दिन

कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लक डाउनको ३८ दिन पुगेको छ।

एनआरएनएद्धारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्