७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

आज लकडाउनको ३८ औं दिन

काठमाडौं- कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लक डाउनको ३८ दिन पुगेको छ।

चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक सवारी र पास बाहेकका सवारी मात्रै सञ्चालनमा रहेका छन्। लक डाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगेको भन्दै सरकारले वैशाख २५ गतेसम्म लक डाउन थप गरेको छ। यद्यपी अहिले धेरैले लक डाउनको उलंघन गर्दै सवारी सञ्चालन गरेको पाइएको छ।

पछिल्लो समय सरकारले लक डाउनलाई कडाई गर्न निर्देशन दिएपनि अहिले विभिन्न चोकमा सवारीको चाप बढेको छ। प्रहरी चेकजाँचमा कडाई गरेपछि चोकहरुमा सवारी साधनहरुको ठूलो लाइन देखिन्छ। बिहीबार बिहान मात्रै प्रहरीले लक डाउन उलंघन गर्ने १५ सय भन्दा बढीलाई कारवाही गरेको जनाएको छ। यसैगरी १ सय १० सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ वैशाख २०७७ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App