५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

एनइएद्वारा स्वाब संकलन बुथ सहयोग

नुवाकोट – नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बागमती प्रदेशले नुवाकोटको खरानीटारस्थित क्षेत्रीय अस्पताललाई कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिको स्वाब संकलन गर्ने बुथ हस्तान्तरण गरेको छ। कोरोना भाइरस रोग (कोभिड–१९) को विश्वव्यापी महामारीलाई परास्त गर्ने युद्धको अग्रमोर्चामा खटेका स्वास्थ्यकर्मीको मनोबल उकास्न स्वाब संकलन बुथ हस्तान्तरण गरेको बुथ उपलब्ध गराउन सहयोग गरेका प्रगतिशील इन्जिनियर्स एसोसिएसन (पिन) का केन्द्रीय सदस्य अनिल नेपालले जानकारी दिए। 

‘भूकम्मपछिको पुनर्निर्माणमा इन्जिनियरहरु भए जस्तै अहिलेको अग्रमोर्चामा स्वास्थ्यकर्मी छन्,’ नेपालले भने, ‘उनीहरुको मनोबल उकास्न एनइएले बुथ उपलब्ध गराएको हो।’ पिन बागमती प्रदेशका उपाध्यक्ष गुन्जमान तामाङ, नेपाल इन्जिनियर एसोसिएसनका प्रदेश सदस्य सागर न्यौपाने र नेपालले उक्त बुथ तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेलाई बुधबार हस्तान्तरण गरेका हुन्। एसोसिएसनले एक साताअघि त्रिशूली अस्पताललाई पनि स्वाब संकलन बुथ उपलब्ध गराएको थियो।

प्रकाशित: १८ वैशाख २०७७ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App