७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रयोगमा आउन सकेन पिसिआर मेसिन

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि आइपुगेको पिसिआर मेसिन जडान भइसके पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन।

कतार र युएईद्वारा नेपाललाई १५ टन स्वास्थ्य सामाग्री सहयोग

खाडीका दुई मुलुकहरु कतार र युएईले बुधबार नेपाललाई १५ टन स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन। कोरोना भाईरस नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका स्वास्थकर्मीहरुका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री सहित विभिन्न किसिमका स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरिएको हो।

परीक्षणको दायरा बढाएसँगै बढे संक्रमित

प्रदेश २ मा बुधबार एकैदिन तीन जना पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बारा दुई जना र पर्साका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको हो।

विरोध छाडी विकल्प खोज्ने बेला

परिस्थितिजन्य बाध्यतालाई मनन गरेर विकल्पको खोजी गर्नुपर्नेमा सरकारप्रति आक्रोश पोख्न र घुर्की देखाउनकै लागि मात्र आफ्नो मेहनतको फल खेर फाल्नु बुद्धिमानी पक्कै होइन ।

लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा चोरी तस्करी

कोरोना भाइरसको महामारीका कारण विश्वनै मानवीय संकटमा रहेको बेला चोरी तस्करी गर्नेले यस्तै मौकालाई फाइदा उठाउन लागेको पाइएको छ।

आर्थिक वृद्धि २.२७ प्रतिशतमात्रै

मुलुकको अर्थतन्त्रको आकार आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब र उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँको पुग्ने तथ्यांक विभागले जनाएको छ।

विराटनगर बजारमा अत्याधिक भीडभाड हुँदा पीपीई सेटमा युवा

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउन बुधबार ३७ औं दिन भएको छ । लकडाउनको सुरुआती समयमा सर्वसाधारणले लकडाउन र भाइरसको डरले घर बाहिर नआउँदा बजारमा खासै भीडभाड हुँदैन थियो ।

राहत वितरणमा भद्रगोलः कतै वितरण भएन, कतै दोस्रो चरणको तयारी

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुलुकलाई बचाउनका लागि जारी लकडाउनका कारण संकटमा परेका विपन्न परिवारलाई दिनुपर्ने राहत सामग्री सर्लाहीमा अझैपनि वितरण नै हुन सकेको छैन । लकडाउन सुरु भएको ३७ औं दिन वित्दा समेत जिल्लास्थित कतिपय स्थानीय तहले राहत वितरण नै गर्न सकेको छैन ।

काम छाडेर भागेका व्यक्ति ११ दिनपछि भेटिए

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउन भएपछि काम छाडेर भागेका एक व्यक्ति ११ दिन पछि भेटिएका छन्।

अनुगमनलाई समावेशी बनाउन आग्रह

महिला, कानुन र विकास मञ्च (एफ्डब्लुएलडी) ले कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्था अनुगमनमा लैङ्गिक र सामाजिक समावेशीकरण बनाउन अनुरोध गरेको छ।

जमातीबाट फर्केको डेढ महिना पछि कोरोना देखियो

भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएर आएको डेढ महिना पछि दुई जनामा कोरोना भाइरस लागेको पुष्टि भएको छ।

एक महिनादेखि भारतीय सीमामा रहेका मजदुर भन्छन् : हामी कहिले घर आउन पाउँछौं ?

भारतका बिभिन्न ठाउँवाट पैदल हिडेर आएर सुदूरपश्चिमका जिल्लाका सीमापारी अलपत्र परेका नेपालीहरु भारतीय पक्षले बनाएको क्वारेन्टाईनमा बसेको एक महिना नाघेको छ।

विपन्न र असहायलाई निःशुल्क खाना खुवाउँदै

कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ।

कोरोना त्रास : चाडपर्व र निर्वाचनमा नआएका समेत भित्रिए गाउँ

लकडाउन भएपछि काठमाडौसहित देशका ठूला अस्थाइ रुपमा बसोबास गर्दै आएका अधिकांश गाउँ फर्केका छन् । गत चैत ११ गतेदेखि मुलुक लकडाउन भएपछि यहाँको तीनपाटन गाउँपालिकामा झन्डै १२ सय बढी बाहिरबाट गाउँ भित्रिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्