७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

जमातीबाट फर्केको डेढ महिना पछि कोरोना देखियो

बारा- भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएर आएको डेढ महिना पछि दुई जनामा कोरोना भाइरस लागेको पुष्टि भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले जनाए अनुसार जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर र १९ इनर्वामा बस्दै आएका दुई जनामा कोरोना लागेको पुष्टि भएको हो।

दिल्लीबाट फर्केका बेलामा शुरुमा  कोरोनाको कुनै असर नदेखे पछि  जितपुरका उनीहरु आफ्नो घरमा बस्दै आएका थिए भने अर्का ईनर्वामा रहेको मद्रसामा बसेर पढाउने काम गर्दै आएका थिए।

कोरोना पुष्टि भएकाहरुको समूह मार्च ६ मा दिल्ली गएर तबलीगी जमातमा सहभागी भएर मार्च ११ मा  फर्किएका बताइएको छ।

केही दिन पहिला तबलीगी जमातबाट फर्किएका  वीरगन्ज एक जना स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीसँगै फर्किएका दुबैजनालाई  कन्ट्याक्ट ट्रेसिङका आधारमा खोजबिन गरेर सिमराको क्वारेन्टाइनमा राखिएको थियो।

सिमराको क्वारेन्टाइनमा राखिएका दुबै जनाको स्वाब संकलन गरि परीक्षणका लागि टेकुको प्रयोगशाला पठाइएको जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेलले बताए।

कोरोना पुष्टि भएका दुबै जना बस्ने गरेको स्थानलाई कडा सुरक्षामा राखिएको र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्ने कार्यमा केन्द्रित भएको प्रमुख पौडेलले बताए।

सिमरा क्वारेन्टाइनमा रहेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुलाई नारायणी उपक्षेत्रिय अस्पतालमा पठाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले बताएका छन्।

 

 

 

 

 

 

प्रकाशित: १७ वैशाख २०७७ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App