७ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवामा लकडाउनको कारण रोकिएका विकास निर्माणका आयोजना सञ्चालनमा ल्याइने

रसुवामा लकडाउनको कारण रोकिएका विकास निर्माणका आयोजनाहरू सञ्चालनमा ल्याइने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणको प्रमुख रणनीति लकडाउन अर्थात बन्दाबन्दीलाई पूर्ण कार्यान्वयन गरेर आयोजनाहरू सञ्चालनमा ल्याउन लागिएको हो ।

कोरोना जोखिमलाई हेर्दै ओमानमा दूतावासले नेपालीको विवरण संकलन सुरु

कोरोना भाइरस संक्रमणको जोखिमलाई हेर्दै नेपाली दूतावास ओमानले नेपालीहरुको विवरण संकलन सुरु गरेको छ। ओमानमा रहेका नेपालीहरुलाई नेपाली राजदूतावासको वेबसाईटमा आफ्नो विवरण दर्ता गराउन ओमानका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकालले आग्रह गरिन्।

युएईमा दूतावासले नेपालीहरुको विवरण संकलन थाल्यो

युएईमा कोरोना भाइरसको प्रकोपबाट प्रभावित भएका नेपालीहरुले अब नेपाली राजदूतावासको वेबसाईटमा आफ्नो विवरण दर्ता गराउन पाउने भएका छन्।

कोरोना संक्रमणवाट अमेरिकामा अर्का एक नेपालीको निधन

अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का एक नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ ।

‘लकडाउन’ले साना किसान मारमा

‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा खोटाङका किसान मारमा परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा जिल्लाका सबै किसान मारमा परेका हुन् । मौसमी तथा बेमौसमी तरकारी खेती गरेर आयआर्जन गरिरहेका साना किसान ‘लकडाउन’को सबैभन्दा बढि मारमा परेका छन् ।

बारीमै कुहियो तरकारी, कामदारलाई तलब खुवाउन ऋण खोज्दै किसान

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि अत्यावश्यक वस्तु एवं कृषि उत्पादनको ढुवानी सहज बनाउने बताउदै आएको छ । तर किसानहरु भने आफ्नो उत्पादन बिक्री नभएर समस्यामा परेका छन् । एकातिर तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा खान बाध्य छन् भने अर्कोतर्फ ढुवानी नहुँदा किसानहरुले लाखौंको नोक्सानी ब्यहोर्नुपरेको छ ।

कोरोनापछिकाे अर्थतन्त्रबारे कांग्रेसकाे अर्थविद्हरुसँग छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेको छ । कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग कांग्रेसले छलफल गरेको हो ।

उदयपुर र भोजपुरको नाका ठप्प बनाउन माग

समाजवादी पार्टी खोटाङले कोरोना भाइरसको संक्रमण भित्रिन नदिनका लागि छिमेकी जिल्ला उदयपुर र भोजपुरसँग जोडिएका नाका ठप्प बनाउन माग गरेको छ ।

टाँडीको क्वारेन्टाइन गोठगाउँमा सारिने

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेजका रूपमा मोरङको सुन्दरहरैंचास्थित कलेज अफ मेडिकल एण्ड एलाइड साइन्सेसमा कोभिड १९ अस्पताल र क्वारेन्टाइन सञ्चालन हुने भएको छ।

कोरोना संक्रमितको संख्या ५४ पुग्यो

मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको हो।

लकडाउनको ३६औँ दिन तस्बिरमा सुर्खेत

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) का संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) ले सुर्खेतलगायत कर्णालीको जनजीवन प्रभावित भएको छ । यहाँका बजार सुनसान छन् भने कलकारखाना, उद्योग र यातायातसमेत ठप्प छन् ।

आरएनए छुट्याउने अटोमेटिक मेशिन उपलब्ध गराउन सरकारसँग माग

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोबायोलोजी विभाग मातहतको प्रयोगशालामा कोरोना भाइरस परीक्षणको क्षमता(संख्या) वृद्धि भएको छ । गत चैत १६ गतेदेखि वीपी प्रतिष्ठानको ल्याबमा कोरोना परीक्षणको लागि स्वाबको नमुना परीक्षण गर्न थालिएको थियो ।

कोरोनाको 'काल महिमा'बाट सिक्नु पर्ने पाठ

हामीले दिन अघि मात्रै, झण्डै नौ हजार ज्यान सोत्तर पारेको (२०७२ सालको) भूकम्पको पांचौ वार्षिकी मनायौं। यो आपदाका हजारौ घाइते र लाखौं बेघरहरु बस्नलायक घर र ज्युनलायक जीवनमा फिर्नसक्ने बातावरण अझैपनि बन्न नसकेको अवस्थामै, टाउकामा झुण्डिएको नांगो तलवार जस्तो कोरोनाजन्य प्रलयले अब हाम्रामा कस्तो हाहाकार मच्चाउने हो, कल्पना समेत गर्न सक्ने अवस्था छैन।

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनकपुरमा कोरोना संक्रमणको पिसिआर परीक्षणमा निगेटिभ देखिएका दुई जनामा काठमाडौँमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले नागरिकलाई जानकारी गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्