६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोनाबाट प्रदेश नं १ बढी प्रभावित

नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना संक्रमणबाट प्रभावित भएको छ। कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन्।

कोरोनाविरुद्ध लड्न ३ अर्व ४२ कोरोड रकमान्तर

कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडन सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ।

बजेटको मोडालिटी परिवर्तन कसरी गर्ने ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटको मोडालिटी परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले आगामि बजेटमा व्यापक परिमार्जन गर्नुपर्ने सुझाव दिएका हुन्।

उदयपुरका पहिलो संक्रमित १३ को पिसिआर नेगेटिभ

उदयपुरमा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदका उनीहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

कालीगण्डकी गाउँपालिकामा पीपीई हस्तान्तरण

स्याङजाको कालीगण्डकी गाउँपालिकाका सरकारी स्वास्थ्य संस्था तथा एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)उपलब्ध गराइएको छ।

सीमाक्षेत्रमा ५० मिटरको दुरीमा सशस्त्र

भारतमा दिनदिनै कोरोना भाइरस संक्रमित ठुलो संख्यामा भेटिन थालेपछि भारतसँग सिमाना जोडिएको बाराका सीमाक्षेत्रमा सशस्त्र प्रहरी बलले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।

भक्तपुर प्याव्सनबाट तीन लाख सहयोग

कोरोना संक्रमणको रोगथाम र नियन्त्रणका लागि भक्तपुरको सुर्यविनायक नगरपालिकालाई प्याव्सनबाट ३ लाख सहयोग हस्तान्तरण गरिएको छ।

लकडाउन जेठ १० सम्म बढाउने तयारी

कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ।

सिन्धुलीमा आइसोलेसन खाली, क्वारेन्टाइनमा १ जना मात्रै

कोरोना भाइरस रोकथाम तथा उपचारका लागि जिल्ला अस्पतामा बनाइएको आइसोलेसन सिन्धुलीमा खालि भएको छ । दुई नगरपालिका र साता गाउँपालिका रहेको जिल्लाभर ३३ ओटा आइसोलेसन सबै खाली रहेको जिल्ला अस्पतालका प्रमुख लक्ष्मण खड्काले जानकारी दिए ।

प्रदेश प्रयोगशालामै छैन किट, कोरोना परीक्षण रोकियो

कोभिड-१९ बाट बच्न परीक्षणको गती बढाउनु पर्ने जनस्वास्थ्यका विज्ञहरुले बताइरहदा प्रदेश नं. ५ मा भने प्रदेश प्रयोगशालामै पिसीआर जाँच रोकिएको छ । रुपन्देहीको भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसीआर टेष्टका लागि आवश्यक पर्ने आरएनए एक्स्ट्रयाक्सन किट नहुँदा कोभिड १९ को परीक्षण रोकिएको हो ।

नेपालगन्जमा एकैदिन देखियो १५ जनामा कोरोना भाइरस

नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि नेपालगन्जको डिएसपी रोड निवासी ६० वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । ६० वर्षिय पुरुषको घर रहेको डिएसपी रोड र उनी ‘अजान’ गर्न पुग्ने महेन्द्र पार्कस्थित मस्जिद तथा मदरसा वरिपरीका स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा एकै दिन १५ जनामा पुष्टी भएको हो । अन्य ब्यक्तिमा पनि संक्रमण फैलाएको आशंकामा शनिबार दिउँसो डिएसपी रोड क्षेत्रका ७ जना र महेन्द्र पार्क आसपासका ८३ गरी कुल ९० जनाको स्वाब संकलन गरिएको थियो ।

नेपालगन्जमा एकै पटक ९ जनामा देखियो कोरोना

नेपालगन्जमा उपमहानगरपालिका क्षेत्रमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसअघि नेपालगन्जको डिएसपी रोड निवासी ६० बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

थप १० जनामा कोरोना संक्रमण

आइतबार थप १० जनामा कोरोना पोजिटिभ देखिएको छ। १० जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। संक्रमित हुनेहरुमा पर्साका ३६ वर्षीय युवक र वाँकी ९ जना नेपालगञ्जका रहेका छन्।

कोरोना त्रास: कोरोनाले अफ्रिकाको अर्थतन्त्रमा पार्ने प्रभाव ? अफ्रिकामा रहेका नेपालीको अवस्था के छ ?

कोरोना त्रास: कोरोनाले अफ्रिकाको अर्थतन्त्रमा पार्ने प्रभाव ? अफ्रिकामा रहेका नेपालीको अवस्था के छ ?

नागढुंगामा डिसइन्फेक्सन टनेल (फोटो फिचर)

काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा निर्माण गरिएको डिसइन्फेक्सन टनेल संञ्चालनमा आएको छ। काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न नाकामा डिसइन्फेक्सन टनेल निर्माण गरिएको हो। सवारी साधनलाई डिसइन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्