६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नागढुंगामा डिसइन्फेक्सन टनेल (फोटो फिचर)

काठमाडौं- काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा निर्माण गरिएको डिसइन्फेक्सन टनेल संञ्चालनमा आएको छ। काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न नाकामा डिसइन्फेक्सन टनेल निर्माण गरिएको हो। सवारी साधनलाई डिसइन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। उपत्यका भित्रिने अन्य नाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागि अध्ययन भइरहेको उनले बताए। प्रजिअ दाहालले यात्रुहरुलाई उपत्यका प्रवेश निषेध गरिएको उनले बताए। मालबाहक सवारीबाट सुरक्षाजोखिम रहेकाले नाकामै डिसइन्फेक्सन गरेर भित्र्याउने गरिएको प्रजिअ दाहालले बताए।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले लकडाउनको प्रोटोकल अनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिन नदिने कुरामा विशेष ध्यान दिइएको बताए।

टनेलको सुरक्षा र सञ्चालन महानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ। टनेलबाट उपत्यका भित्रिने सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ।

तस्बिर : दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App