६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप १० जनामा कोरोना संक्रमण

काठमाडौं- आइतबार थप १० जनामा कोरोना पोजिटिभ देखिएको छ। १० जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। संक्रमित हुनेहरुमा पर्साका ३६ वर्षीय युवक र वाँकी ९ जना नेपालगञ्जका रहेका छन्। वाँकेमा संक्रमित हुनेहरुमा ७  देखि ५८ वर्षभित्रका छन्। उनीहरुको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन्। यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो।

 

प्रकाशित: २१ वैशाख २०७७ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App