६ आश्विन २०८१ आइतबार
image/svg+xml

अबको संसार, मास्कसहितको संसार

कोरोना भाइरसको संक्रमण रोक्नका लागि बढीभन्दा बढी मानिसले फेसमास्क लगाउनु पर्छ ? यो प्रश्नको उत्तरम अब विश्व स्वास्थ्य संगठनका केही विशेषज्ञले खोज्नेछन् ।

एनआरएनको तथ्यांक : विश्वभर कोरोनाका कारण ७३ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ।

कोरोना निको भएका रौतहटका युवकलाई पुन : आइसोलेसनमा ल्याइयो

कोरोना निको भएर घर फर्केका रौतहटका १९ वर्षिय युवालाई पुन: आइसोलेसनमा राखिएको छ। रौतहट इशनाथ नगरपालिकाकाका ति युवकको रिपोर्ट शंकास्पद देखिएको भन्दै नारायणी अस्पताल ल्याइएको हो।

मुख्यमन्त्री पौडेलद्वारा कोरोनाविरुद्धको लडाइँमा झा र अन्य चिकित्साकर्मीलाई बधाई

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताएका छन्।

कोरोनामात्र होइन कारण

पाँच वर्षअघि २०७२ माआएको भूकम्पले थिलोथिलो भएको मुलुकको अर्थतन्त्रमा पछिल्ला वर्षतिर केही सुधारका संकेत देखिएका थिए । अहिले विश्वव्यापीरूपमा आएको नोवल कोरोना भाइरस (कोभिड–१९) ले फेरि अर्थतन्त्रमा समस्या पार्न सुुरु गरेको छ ।

विपन्न भन्छन्ः ‘रोगलेभन्दा अब भोकले मरिन्छ’

नगरपालिकाले राहत नदिएको भन्दै विपन्न समुदायले नगरपालिका कार्यालयमा ढुंगामुढा नै गरे। स्थानीयले राहत वितरण नगरेको भन्दै मेयरलाई राहत दिन राहत संकलन गर्यो। सुखीपुर नगर सुधार समितिका संयोजक रहेको बिपी भुवन यादवकाअनुसार यहाँका विपन्नहरु मेयरसँग राहत माग्दा भिख माग भनेर फर्काएका छन्।

जोखिम बढी, परीक्षणको गति सुस्त

कोरोना संक्रमणको जोखीम बढेसंगै प्रदेश ५ मा बिभिन्न नाका हुँदै भारतबाट मात्रै २ लाख बढी नेपालीहरु प्रवेश गरेको सरकारी तथ्यांक छ । यसमध्ये ६० प्रतिशत प्रदेश ५ भित्रैका नागरिक हुन । पछिल्ला केहि सातामा मात्रै चोरबाटो हुँदै करिव एक हजारको हाराहारीमा नेपालीहरु भारतबाट फर्केका छन् । तर भारत र तेस्रो मूलूकबाट आएका नेपालीहरुको कोरोना परीक्षणको गति भने निकै सुस्त छ ।

कोरोनाविरुद्धको कोषमा रकम जम्मा गर्ने समाजसेवी राईको घोषणा

खोटाङका समाजसेवी जनकराज राईले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । हाल ललितपुरमा बस्दै आएका समाजसेवी राईले हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको नगरस्तरिय विपद व्यवस्थापन कोषमा ३० हजार २ सय ३७ रुपैयाँ जम्मा गरिदिने घोषणा गरेका हुन् ।

आश्रयस्थलमै आमाको काजकिरिया

कोरोना भाइरसको संक्रमणले गर्दा विश्वव्यापी संकटमा देश लकडाउनमा भएको पनि ३९ दिन विति सक्यो । अत्वाश्यक कामबाहेक नागरिकलाई बाहिर ननिस्किन सरकारले आह्वान गरेको हुनाले नागरिक त्यसको पालनामा सचेत र गम्भीर छन् ।

कोरोना कहर : पुलमा हरेक रात छेकबार

अनियन्त्रित आवत–जावत रोक्नका लागि खोटाङ र उदयपुरको सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोसी पुलमा रातका समयमा ताला लगाउने व्यवस्था गरिएको छ । रातका समयमा पनि उदयपुरतर्फबाट स्थानीय भित्रिने गरेकाले बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटस्थित झोलुंगे पुलमा हरेक रात तार जालीको अग्लो बार लगाउन थालिएको हो ।

स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ, विरामीको अवस्था सामान्य

विराटनगरस्थित कोरोना उपचार केन्द्रमा खटिँदै आएको स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षण गरिएको छ । संक्रमितको उपचारमा संलग्न २८ स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको हो ।

आर्थिकोपार्जनको आधार गुम्न थालेपछि सर्वसाधारण चिन्तामा

गत वर्षको अन्तिम महिनादेखि अहिलेसम्म डोल्पाका उच्च हिमाली पाटनहरु हिउँले सेताम्मे छन् । बैशाखको तेस्रो साता लागि सक्दा समेत डोल्पाका यार्सायुक्त पाटनहरुमा हिमपात हुने क्रम जारि नै छ । हिमपातलाई डोल्पालीहरु शुभ साइतको रुपमा लिने गर्छन् ।

यूएईमा कोरोना संक्रमित खोटाङ्गे युवाले उपचार पाएनन्

यूएईमा कोरोना भाइरसबाट संक्रमित भएका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका दुई युवा उपचारबाट बञ्चित भएका छन् । बैदेशिक रोजगारीका सिलसिलामा यूएई पुगेको अवस्थामा कोरोना भाइरसबाट संक्रमण भएको पुष्टी भए पनि आवश्यक उपचारबाट बञ्चित भएका हुन् । एक युवालाई कोरोनाको संक्रमण भएको पुष्टी भएको सात दिन बितिसक्दा समेत उपचारमा नलगेको जानकारी आएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

देशभर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन्। पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरुमा कोरोना नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्