७ आश्विन २०८१ सोमबार
image/svg+xml

काेराेना त्रासः संक्रमितका परिवार र आफन्त निगरानीमा

बाँकेमा फेला परेका कोरोना संक्रमित ब्यक्तिका परिवार तथा आफन्तलाई कडा निगरानीमा राखिएको छ। नेपालगन्जका मस्जिदमा बसोबास गर्ने ब्यक्तिको स्वाब परीक्षण गर्दा डिएसपी रोड निवासी ६० बर्षिय पुरुषमा शुक्रबार कोरोना भाइरसको संक्रमण देखिएको थियो।

रित्तिँदै स्थानीय तहका क्वारेन्टाइन

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन्।

कोरोना संक्रमण विरोधी अभियानमा लागेका डाक्टरमाथि हातपात

कोरोनाको संक्रमण रोक्ने अभियानमा सक्रिय भइरहेका बेला जाजरकोट जिल्लाको वारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टरमाथि मदिरा सेवन गरेका स्थानीय युवाहरुले हातपात गरेका छन् ।

कोराना प्रभावित क्षेत्रमा पिपिइ पुर्‍याउँदै राज्यमन्त्री गजमेर

दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको झापा जिल्लामा स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गरेकी छिन्।

जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजले संयुक्त रुपमा स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

कोरोना भाइरस महामारीको अन्त्य कहिले ?

मृत्यु सास्वत सत्य मानिन्छ । अकालमा मृत्यु हुनु कसैका लागि स्वीकार्य हुँदैन । प्राचीन शास्त्रले यसै भन्छ । कतिपय अवस्थामा अकालकोे मृत्युलाई टार्न महामृत्युञ्जय मन्त्रसमेत जप गरेको शिव महापुराणमा उल्लेख पाइन्छ । सृष्टिदेखि अहिलेसम्म प्रकृतिमा मानिसको अकालको मृत्यु मान्य हुँदैन भनिएको छ । प्रकृतिप्रदत्त आयु छउञ्जेल ‘ऊ’ निर्वाध रुपमा बाँच्न चाहन्छ । यद्यपि उसले सूक्ष्म विषाणुको महामारीको प्रकोप त झनै स्वीकार गर्न चाहँदैन । तर अहिले विश्व सूक्ष्म विषाणुको महामारीको प्रकोपबाट आक्रान्त छ । कारण मानिसको आफ्नै अल्पज्ञानले आफैँलाई सिकार बनाइरहेको दृष्टान्त दिन सकिन्छ ।

क्वारेन्टाइनमा ‘हप्कीदप्की’को गुनासो

सदरमुकामस्थित जिल्ला समन्वय समितिको नयाँ भवनको क्वारेन्टाइनमा राखिएका व्यक्तिले आफूहरूलाई अभद्र व्यवहार गरिएको गुनासो गरेका छन् । आफूहरूलाई दिइने लुगाफाटो, सरसफाइ लगायतबारे गुनासो राख्दासमेत हप्कीदप्की गर्ने गरिएको उनीहरूको दुखेसो छ ।

दुई महिना पहिला भारतबाट आएका थिए कोरोना संक्रमित

कोरोना भाइरसबाट संक्रमित ६० वर्षिय व्यक्तिले दुई महिनादेखि आफू नेपालगन्जमै रहेको बयान दिएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि स्वास्थ्यकर्मीले बयान लिँदा उनले विगत दुई महिनादेखि आफू नेपालगन्ज बाहेक कतै नगएको दाबी गरेका हुन् । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाका अनुसार मदरसाका शिक्षक समेत रहेका उनको महेन्द्र पार्क नजिकको मस्जिदमा पिसिआर परीक्षण गरिएको थियो । कोरोना संक्रमितको नाम, ठेगाना र आवद्ध संस्थाको नाम भने नागरिकले गोप्य राखेको छ ।

कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएकाहरुलाई खोजिदै

जितपुरसिमरा उपमहानगरपालिकाका दुई जनामा कोरोना भाइरस लागेको पुष्टि भएपछि संक्रमितका परिवारका सदस्य र नजिक बस्दै आएकाहरुलाई पहिचाल गरि क्वारेन्टाइनमा पठाउने कार्य सुरु गरिएको बारा प्रहरीले जनाएको छ। कोरोना भाइरसको थप संक्रमण फैलिन नदिनको लागि संक्रमितहरुसँग बसोबार गरेकाहरुलाई पहिचाल गरि क्वरेन्टाइनमा पठाउनुको साथ साथै उनीहरुले बस्दै आएका टोललाई सुरक्षा घेरामा राखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

खेर नगएको लकडाउन

महामारीकारूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै त्रसित बनाएको सर्वविदितै छ। नेपालमा वैशाख १७ सम्म ५४ जना संक्रमित भएका छन्।

तत्काल चाल्नुपर्ने ४ कदम

लकडाउनभित्र निसास्एिका जनतालाई राहत पु-याउन सरकारले तत्काल केहीकदम चाल्नैपर्ने देखिएको छ जसले उनीहरूमा आशाको सञ्चार गराउनेछ ।

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

नेपालमा दुई जना कोरोनाभाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँकेमा एक र रूपन्देहीमा एक गरी दुई जना कोरोना संक्रमण पुष्टि भएको हो।

चीनका विद्यालय र कार्यालयहरुको बाहिर कोरोना परीक्षण

चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ।

कोरोनाविरुद्धको कोषमा २९ लाख ४८ हजार रकमान्तर

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले २९ लाख ४८ हजार रुपैयाँ रकमान्तर गरेको छ । विश्वभर नै आतंक सिर्जना गरिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमको बजेट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

निर्माणाधिन गौतमबुद्ध विमानस्थलको काम लकडाउनमा पनि निरन्तर

कोरोना भाइरस (कोभिड–१९) ले निर्माणधिन गौतमबुद्ध विमानस्थलका प्रविधिक र उपकरणहरु विदेशमै रोकिए पनि पूर्वाधारको काम निरन्तर चलिरहेको छ । सरकारले सुरक्षित तवरले ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय बमोजिम निर्माणको अन्तिम चरण रहेको भैरहवास्थित विमानस्थलमा रहेका चिनियाँ प्राविधिकसहितको २९ कामदार र करिब सय नेपाली जनशक्तिले नियमित काम गरिरहेका छन् । बजार बन्द र गाडी नचल्दा बाहिरबाट ल्याउनु पर्ने सामानहरुमा केही कठिनाई भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले समन्वय र सहकार्य गरिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्