७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं - नेपालमा दुई जना कोरोनाभाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँकेमा एक र रूपन्देहीमा एक गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जमा ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो।  उनीहरू दुबैको अवस्था सामान्य छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएर  घर फर्कि सकेका छन्।

प्रकाशित: १९ वैशाख २०७७ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App