७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोराना प्रभावित क्षेत्रमा पिपिइ पुर्‍याउँदै राज्यमन्त्री गजमेर

भद्रपुर - दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको झापा जिल्लामा स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गरेकी छिन्।

राज्यमन्त्री गजमेरले १५० थान पिपइ, दुई हजार ८०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा र १५० थान एन–९५ मास्क शुक्रबार स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गरिन्। विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर झापा आएकी थिइन्। पौडेलले ती सामान दोस्रो कोरोना भेटिएको बाह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई वितरण गरिने जानकारी दिएकी छन्।

राज्यमन्त्री गजमेरले शुक्रबार नै बाह्रदशी गाउँपालिकाको कोरोना प्रभावित क्षेत्रमा पुगी त्यहाँको समस्या बुझेकी छिन्। झापाको पहिलो कोरोना दमकमा र दोस्रो कोरोना बाह्रदशीमा पुष्टि भएको छ। दुवै क्षेत्रमा निगरानी र स्वास्थ्य परीक्षण तीव्र पारिएको हुँदा व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री र कोरोना जाँच्ने किटको माग बढिरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले बताए। रासस

प्रकाशित: २० वैशाख २०७७ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App