६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउन जेठ १० सम्म बढाउने तयारी

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो। केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए। 

नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्। 

 

प्रकाशित: २२ वैशाख २०७७ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App