८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कालीगण्डकी गाउँपालिकामा पीपीई हस्तान्तरण

काठमाडौं- स्याङजाको कालीगण्डकी गाउँपालिकाका सरकारी स्वास्थ्य संस्था तथा एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)उपलब्ध गराइएको छ। गाउँ सेवा परिवार विर्घा, स्याङ्गजाले पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सक तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि आइतबार पीपीई हस्तान्तरण गरेको हो।

२० थान पीपीई, थर्मल गन,सर्जिकल मास्क, सेनिटाइजर लगायत मधुमेह तथा दीर्घरोगीका लागि औषधीसमेत उपलब्ध गराइएको गाउँ सेवा परिवारका महासचिव संचारकर्मी राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

पीपीई बुझेपछि कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले अहिलेको समयमा चिकित्सक तथा रात दिन खटिने एम्बुलेन्सका चालकका लागि पीपीई महत्वपूर्ण भएको बताउँदै महामारीको समयमा सहयोग गरेकोमा धन्यवाद दिए।

 

प्रकाशित: २२ वैशाख २०७७ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App