१० मंसिर २०८१ सोमबार
image/svg+xml

अभाव हल्लाले चामल बिक्री दोब्बर

गएको एक हप्तामा बजारमा फैलिएको खाद्यान्न अभाव हल्लाले उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री दोब्बर बढेको छ।

कर्मचारी अभावमा रुमल्लिदै स्थानीय तह

मुकेश भट्टराई सिनियर अहेवको रुपमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित महाकाली स्वास्थ्य चौकीमा कार्यरत छन् । तर भट्टराईले स्वास्थ्यौकीमा हुने गतिविधिलाई समय दिनुको साथै स्थानीय पञ्जाधिकारीको काम समेत गर्दै आइरहेका छन् । कारण हो वडामा सचिव नहुनु । पेशाले स्वास्थ्यकर्मी भए पनि प्रशासनिक काम गर्दा अनुभव नभएका कारण समस्याहरु झेल्नु परेको उनी बताउँछन् ।

तितेपातीको तेललाई बजार अभाव

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उद्योगीले उत्पादन गरेको तितेपातीको तेललाई बजार अभाव भएको छ।

औषधि र सेवा अभावले जाजरकोट अस्पताल सुनसान

अत्यावश्यक औषधि र सेवा नहँुदा ५० शड्ढयाको जाजरकोट अस्पतालमा बिरामी आउन छाडेका छन्। सरकारले चार वर्षअघि मात्र १५ शड्ढयाको उक्त अस्पताललाई स्तरोन्नति गरेर ५० शड्ढयाको बनाएको थियो। अहिले ३० वटा मात्र शड्ढया राखिए पनि सबै खालीजस्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

लगानी अभावमा सात वर्षदेखि अलपत्र

सिन्धुलीमा निर्माणधीन फलफूल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्षअघि निर्माण सुरु भएको उक्त उद्योग लगानी अभावमा अलपत्र परेको छ। कमलामाई नगरपालिका–४ मा निर्माणाधीन उक्त उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

जनशक्ति अभावमा टेस्ट ट्यूब बेबी सेवा अलपत्र

दक्ष जनशक्ति अभावमा प्रसुति गृहमा पाँच वर्षदेखि टेस्ट ट्यूब बेबी सेवा अलपत्र परेको छ। अस्पतालको पुरानो भवनमा रहेको उक्त सेवा २०७२ सालको भूकम्पले भवन भत्केपछि बन्द भएको हो।

लगानी अभावमा सात वर्षदेखि अलपत्र फलफुल प्रशोधन उद्योग

सिन्धुलीमा निर्माणाधिन रहेको फलफुल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्ष अगाडिबाट निर्माण सुरु भएको फलफुल प्रशोधन उद्योग लगानीको अभावमा अलपत्र परेको हो। यहाँको कमलामाई नगरपालिका–४ मा निर्माणाधिन फलफुल प्रशोधन उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन्।

सिस्नु र कन्दमूल पनि सकियो

घरमा एक मुठी अन्न छैन, भएको सबै अन्नपात सकियो। ३ महिनादेखि गाउँमा एक मुठी अन्न भित्रिएको छैन। बिहानको छाक के खाएर काट्ने भन्ने चिन्ताले रातो दिन सताएको साइपाल गाउँपालिका–५ का स्थानीय रामबहादुर बोहराको भनाइ छ।

जन अभावले खेतबारी जंगल

सहर बसाइको बढ्दो आकर्षणले गाउँबस्ती खाली हुँदै गएका छन्। विगतमा अन्न भण्डारका रूपमा परिचित उर्वर जग्गाजमिन धमाधम जंगलमा परिणत हुँदैछन्।

कोरोना भाइरस संक्रमणबाट ५६४ को मृत्यु, नवजात शिशुमा पनि संक्रमण

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म ५६४ पुगेको छ। चीनको हुबेई प्रान्तमा पछिल्लो २४ घण्टामा कम्तीमा ७० व्यक्तिको मृत्यु भएको छ।

उपचार गर्न आर्थिक अभाव भएपछि अस्पतालबाट घर फिर्ता

ढाई वर्ष अगाडि पैसा कमाउन मलेसिया गएका एक युवा मृत्यु बोकेर घर फर्केका छन्। साहुसंग १ लाख ३० हजार ऋण गरेर बिदेशिएका रोल्पा नगरपालिका ३, बाजबिसौनाका २२ वर्षिय रेशम कवर उपचार गर्ने पैसो नभएपछि मृत्यु कुर्न घर आएका हुन्।

चेतना अभावले ९५ प्रतिशतमा गिँजारोग

नेपालमा कुल जनसंख्याको ९५ प्रतिशत मानिसमा गिँजासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको विशेषज्ञ चिकित्सकले औंल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्