४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

औषधि र सेवा अभावले जाजरकोट अस्पताल सुनसान

बिरामी नआएपछि सुनसान बनेको जाजरकोट अस्पताल। तस्बिर ः जनक/नागरिक

जाजरकोट - अत्यावश्यक औषधि र सेवा नहँुदा ५० शड्ढयाको जाजरकोट अस्पतालमा बिरामी आउन छाडेका छन्। सरकारले चार वर्षअघि मात्र १५ शड्ढयाको उक्त अस्पताललाई स्तरोन्नति गरेर ५० शड्ढयाको बनाएको थियो। अहिले ३० वटा मात्र शड्ढया राखिए पनि सबै खालीजस्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

‘यहाँ आएर के गर्नु ? न औषधि छ न उपचार,’ एक स्वास्थ्यकर्मीले भने, ‘त्यसैले बिरामी बाहिर जान्छन्।’ उनले थपिन्, ‘यस अस्पतालमा आउनुको सट्टा बिरामीहरू रुकुमको चौरजहारी, नेपालगन्ज र काठमाडौंमा जाने गर्छन्।’ निकै तामझामका स्तरोन्नति गरिएको अस्पतालमा पाँच शड्ढयाबराबर पनि सुविधा र सेवा उपलव्ध गराउन नसकिएको अर्की एक स्वास्थ्यकर्मीले बताइन्। ‘अस्पताल भनेर के गर्नु, नाम मात्रको छ,’ उनले भनिन्, ‘सेवा नभएपछि बिरामीहरू पनि आउन छाडे।’

अस्पतालमा बिरामी आउन छाडेपछि विभिन्न प्राविधिक शिक्षालयबाट प्रयोगात्मक अभ्यास ओजिटीका लागि आएका ४५ जना सिएमए, २३ जना एएनएम र सातजना ल्याब टेक्निसियन फुर्सदिला भएका छन्। बुटवलस्थित कालीगण्डकी टेक्निकल कलेजबाट सो अस्पतालमा एएनएमको प्रयोगात्मक अभ्यासका लागि आएकी ममिता खत्री आफ्नो तीन महिनाको समय त्यसै बित्न लागेको बताउँछिन्। ‘अस्पतालमा बिरामी नै आउदैनन्, कसरी प्रयोगात्मक अभ्यास गर्नु ?’ उनले भनिन्।

ममिताजस्तै सिद्धार्थ इन्स्टिच्युट अफ मेडिकल टेक्नोलोजी तानसेन पाल्पाबाट ओजिटीमा आएकी सुनीता खड्काले पनि आफू दुई महिनाअघि जाजरकोट अस्पतालमा आएको भए पनि ड्युटी समय कामै गर्न नपाएर बित्ने गरेको बताइन्।

प्रकाशित: १७ फाल्गुन २०७६ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App