औषधि अभावमा गर्भपतन सेवा बन्द
राज्यले दिएको ‘वैधानिक निःशुल्क गर्भपतन सेवा’ पाउनबाट महिला वञ्चित भएका छन्। जिल्लाको तल्कोट गाउँपालिकाले गाउँपालिकाको मुख्य केन्द्र मेलबिसौना स्वास्थ्य चौकीमा निःशुल्क गर्भपतनका लागि औषधि नल्याएपछि सो क्षेत्रका महिला गर्भपतन गराउनबाट वञ्चित भएका हुन्।