उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी
सामान्य अवस्थामा भन्दा दैनिक १० गुणा बढी अक्सिजन चाहिने ८० प्रतिशत बिरामी भर्ना भएकाले अस्पतालले धान्न नसकेको वीरका फिजिसियन डा. धुव्र गैरेले बताए।
सामान्य अवस्थामा भन्दा दैनिक १० गुणा बढी अक्सिजन चाहिने ८० प्रतिशत बिरामी भर्ना भएकाले अस्पतालले धान्न नसकेको वीरका फिजिसियन डा. धुव्र गैरेले बताए।
अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले यहाँका विभिन्न मेटलउद्योग, मोटरग्यारेज, वर्कसप, ग्यास वेल्डिङ हुने ठाउँका सिलिण्डर पनि अस्पतालका लागि उपयोग गर्नेगरि संकलन गर्न थालेको छ ।
अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए।
बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।
अक्सिजन अभाव भएपछि कोभिड १९ का बिरामीहरुको उपचार गर्दै आएको भैरहवाको भिम अस्पालले पनि बिरामी भर्ना लिन छोडेको छ। कोभिड १९ का बिरामीको चाप अत्यधिक बढेको तर अक्सिजनको आपूर्ति भने माग अनुरुप हुन नसकेकाले थप संक्रमितलाई भर्ना लिन समस्या भइरहेको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताए।
भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जनालाई दिँदै गरेको अक्सिजन सकिएपछि मृत्यु भएको हो।
अक्सिजनको अभावमा भक्तपुरमा दुईजना कोरोना संक्रमित बिरामीको निधन भएको छ। जिल्लाको कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटलमा उपचाररत दुई जना बिरामीको निधन भएको हो।
सिलिन्डर बनाउने उद्योग नेपालमा नभएकाले भारत, चीनलगायतका मुलुकबाट ल्याउने गरिन्छ। सिलिन्डर भए यहाँका उद्योगले अक्सिजन रिफिलिङ गर्न सक्छन्।
कोभिड–१९ का बिरामीको उपचार गराईरहेको भैरहवा मेडिकल कलेजमा अक्सिजन अभाव भएको छ ।
कोरोना संक्रमितका लागि इलाम अस्पतालले २० जनाको आइसोलेसन तयार गरेको छ। आइसोलेसनमा एउटा बाइप्याप मेसिनसमेत तयारी अवस्थामा छ । व्यवस्थापक खतिवडाका अनुसार आवश्यक परे आइसोलेसनमा अझ केही शय्या थप्न सकिन्छ। ‘
सुदूरपश्चिमका अस्पातलमा अक्सिजनको चरम अभावले हाहाकार भएको छ। कोराना संक्रमणका बिरामी अक्सिजन नपाएर छट्पटिरहेका छन्। अक्सिजन नपाएर ज्यान गुृमाएका छन्। अक्सिजनको चरम अभाव भैरहेकाे कैलालीमा अक्सिजनको सिलिण्डरमा कालोवजारी भैरहेको खुलासा भएको छ।
नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै अत्यावश्यक अक्सिजनको कृत्रिम अभाव भएको गुनासो आएपछि प्रहरीले दुई उद्योगमा छापा मारेको हो।
उद्योगी र थोक व्यापारीहरुले खाने तेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा पनि अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको स्थानीयले गुनासो गरेका छन्। यसले गर्दा उपभोक्ताहरु थ्प मारमा परेका छन्।
कोरोना संक्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको सघन उपचार कक्ष (आईसीयू) प्रयोगबिहिन बनेको छ। एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटरसहितको आईसियू प्रयोगबिहिन जस्तै बनेको हो।
अक्सिजन नपाएर कयौं संक्रमितको ज्यान गएको छ। छटपटाइरहेका संक्रमितको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका छन्। अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेका छन् भने संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भएपछि अक्सिजनका लागी संक्रमितका आफन्तले सोर्सफोर्स तथा सबैतिर याचना गर्ने गरेका छन्।