अम्बिका ओझाका १० मुक्तक
कोट्टिन्छन् फेरि घाउ प्रेमको नाउँमा, राख्दिन जोवन दाउ प्रेमको नाउँमा। यो प्रेम भन्ने शब्दसंग टुटिसक्यो भरोसा अब, बिन्ती गुलाफ नपठाउ प्रेमको नाउँमा।
कोट्टिन्छन् फेरि घाउ प्रेमको नाउँमा, राख्दिन जोवन दाउ प्रेमको नाउँमा। यो प्रेम भन्ने शब्दसंग टुटिसक्यो भरोसा अब, बिन्ती गुलाफ नपठाउ प्रेमको नाउँमा।
मैले घर जाने बेला भने , ‘प्रनिशा, मलाई माफ गरिदेऊ । मैले तिमीलाई सधै आफ्नो बनाउन सकिनँ । सायद मेरै कुनै दोष थियो होला। अब अर्को जुनीमा म तिमी भएर जन्मिन पाऊँ । म भगवानसँग यही प्रार्थना गर्छु ।’
लुटिरह्यो समयले, लुटाइरहें नबोलेरै, अनगिन्ती ब्यथाहरू छुपाईरहें नबोलेरै। अघाएर आउँदा ऊ, तिर्खाउँथे म सधैं, प्यास खपेर भित्रभित्रै लुकाइरहें नबोलेरै।
डान्सबार होस् या कुनै सामान्य भट्टी हरेक ठाउँमा तिमी हुन्छौ । कहिले कवावमा, कहिले भुटनमा कहिले सेकुवामा, कहिले ब्वाइलमा।
जिन्दगी जिउनका लागि मात्रै होइन । जिन्दगी जीवन्त जिउन सक्नु ठूलो कुरा हो । अनेकौं पीडादायी क्षण, दुखाइको चोट र तनावहरूलाई पाइतालाले किचेर हिँड्नु जिन्दगीको खास पल हो । त्यसबाट खारिएर हामीले खास खुशीहरू चुम्न सक्छौं । ती खुशी भेट्न सजिलो छैन । लक्ष्यमा पुग्न र खुशी पाउन त्याग गर्न सक्नुपर्दछ । किनकि जिन्दगीको लक्ष्य असीमित छ ।
मन हुँदै मुटुभित्र तिमीलाई नै राखेको छु, प्रिती फुल्ने मायाले नै आफ्नै संसार बुनेको छु । तिम्रै माया छ र पो तिम्रो बाटो छेक्न आएँ, तिम्रो न्याँस्रो लाग्यो र पो तिमीलाई भेट्न आएँ ।
त्यसैत्यसै दुखिरहने शूल रैछ जीवन, काँडाबीच फुलिरहने फूल रैछ जीवन । मनको फाँटमा शीत पर्छ खेप्नै पर्ने रैछ, आफ्नैले घात गर्छ खेप्नै पर्ने रैछ ।
झरीले रुझाउँदा मलाई चुकचुकाउँछौ तिमीहरु र सम्झाउँछौ आफ्ना नानीहरुलाई: त्यो दुखीयारी मनुवा भिजेजस्तै भिज्नु हुँदैन।
साठीको विधुरले सोह्रकी भित्राउँछ, विधवाले विहे गरे सत्यनासी भन्छ। पिण्ड खाने बेलामा बिहे गर्न तम्सन्छ,कुमारी कन्या छान्छ विधवा वासी भन्छ।
मूलबाटो छाडेर घरको जब दायाँबायाँ हराउँछन्, लंका डढाएर मनको शंकाले श्रीमतीसँग डराउँछन। दोहरो चरित्र कस्तो लोग्ने मान्छेको, जातै नहुने, आदर्श रामको तर लीला श्रीकृष्णको मन पराउँछन्।
शिलान्यास बाटो खन्न नेताजी नै बन्नुपर्छ, गाली ताली खान टन्न, नेताजी नै बन्नुपर्छ। दिन रात काम गर, ज्यामी हुन्छौ कुल्ली बन्छौ, रातारात धनी बन्न नेताजी नै बन्नुपर्छ।