२८ आश्विन २०८१ सोमबार
image/svg+xml

अलामो किल्लामा दुई घन्टा

हाम्रो नेपालमा मात्र नभएर दक्षिण एसियामा नै पुराना कुरा भत्काएर नयाँ बनाउने लहड नै चलेको हुन्छ । हाम्रो धरहरा जतिपल्ट भत्क्यो, त्यतिपल्ट नयाँ बन्यो । पुरानो इतिहास मारियो । यहाँ एकछिन उभिएर कल्पिएँ, इतिहास जोगाउन खप्पीस छन् पश्चिमा । इतिहास मार्न खप्पीस छन् नेपाली । पुराना सालिक भत्काउँदै नयाँ मान्छेका सालिक बनाएर क्रान्तिकारी हुने देशमा म के भनूँ ?

दोषी को ?

मैले भनेथे, ‘अरूले के भञ्छन् भनेर कानै नछामी कागको पछि लाग्नु पनि भएन। फेरि विधुवा बुहारीको बिहे गरिदियौ भने यज्ञ गरेजस्तो पुण्य मिल्नेछ। चिन्ता गर्नुपर्ने जस्तो केही देख्दिनँ। ’

अन्यायको राज

यसपछि एकजना त्यही समूहबाट बोल्यो, ‘जताततै लेखकहरूले अरूको बेइज्जतै मात्रै गर्छन् भन्ने असन्तुष्टि त भइहाल्छ नि । तर बुझ्नुभो लेखकले कहिल्यै लेख्न छोड्नु हुँदैन। नत्र त संसारमा नै अन्यायको राज हुन्छ ।’

लकडाउन– २

‘यतिबेला पनि यस्तो कुरा गर्नुहुन्छ त मेरी स्वर्गकी अप्सरा ! आऊ पहिले हामी स्वर्गीय अनुभूति लिइहालौँ है ।’ निर्वस्त्र पुरूषको कामुक आवाज कोठाभरि छरिएको थियो ।

कस्तो ज्योतिष ?

नगरपालिकाका प्रहरीहरूले फुटपाथमा बसेका व्यापारी र व्यवसायीहरूलाई उनीहरूको सामान खोस्दै समात्दै थिए। ज्योतिष ज्ञानबहारले दिएको पैसा खल्तीमा राख्न पनि नभ्याई ज्ञानबहादुरको हातमा खसाएर विपरीत दिशा भागेको थियो।

धनसारमा गृहकार्य

साथी ओमबहादुर गुरुङ र म हाम्रो धनसारमा गृहकार्य गरेर अबेरसम्म बस्यौं। रातको एक बजेतिर मट्टितेलको पानस लडेछ। मेरो ढाडमा आगोले पोलेकोे खत अझै छ। धन्न ओमबहादुर बेलैमा बिउँझिएकाले घरमा आगलागी हुन पाएन।

नयाँ देसान

एक्कासि शीर उज्यालो बनाउँदै अभिषेकले भन्यो, ‘फरक यत्ति छ कि पहिले कडा देसान मेरो जीवनमा आयो । तर, अहिले विश्वका धेरै ठाउँमा कोरोना आएको छ । यो विश्वका मान्छेले थाहा पाएको नयाँ देसान हो ।’

सत्प्रेम

लोग्नेको अनुहार पढिन् र भनिन् , ‘तिमी त मेरो सिन्दूर हौ प्रिय , तिमीलाई कुनै घातक नै रोग लागेको भए पनि म त जीवनभर तिमीलाई साथ दिएर तिम्रो सेवा गरेर बस्नेछु ।’

वंश

जीवनको मोहले भन्दा मलाई उनको मायाले रुवाउँछ । म उनलाई र उनले मलाई यति धेरै माया गर्दा रहेछौँ... अहिले थाहा भएको छ । उनलाई मैले माया गर्ने मायाकै खातिर उनकै लागि यो मेरो निको नहुने बिरामी जीवनको शीघ्र अन्त गरेर मैले उत्सर्ग गर्नु पर्दछ र गर्छु !

मूल्यांकन

‘अहिले नधोए बाबूको लुगा सुक्दैन । लुगा नसुके भोलि के लाएर जान्छ स्कुल ? अफिसबाट फर्किँदा ड्राइफर ल्याउनुस् न भन्छु । तर, तपाईं जहिल्यै बिर्से मात्रै भन्नुहुन्छ । एकछिनएकछिनमा सु गरेर एकैछिनमा उरुङ थुप्रिन्छ लुगा । यत्ति धोएर खान पकाइहाल्छु ।’ नित्याले बाध्यता बोलिन् । त्यसपछि कठ्याङ्ग्रिदो माघे ठिहीमा लुगा धुन थालिन् ।

बजेटको बेहाल

सिंहले साँढेलाई ढाडस दिदैं भन्यो, ‘पीर नगर साँढे ! तेरो पशुपति मन्दिर छिमेकी जंगलका राजाले बनाइदिने भनेका छन् । आफ्नो थैलीको पैसा किन खर्च गर्नु, अरूले हालिदिने भनेपछि ।’

कोपरा

पछिल्लो समय कोरोनाको संक्रमण चुलिएको समाजमा सुनको भाउ पनि दोब्बर भएको छ । तसर्थ ऊ लोग्नेसंग दमदार रिसाइरहेकी छे । लोग्नेको मुख देख्यो कि रिसको पारो बढिहाल्छ । दाह्रा किट्नु र आँखीभौ उचाल्नु ऊ रिसाएको एक संकेत हो ।

असारे भाकामा सामाजिक सद्भाव

सिर्जनाका पुजारीहरूले श्रमको पूजा नगरेपछि कर्मको गीत नगाएपछि रोपाई हुँदैन । असार आउँदैन । असार नआएपछि भकारी भरिँदैन । रित्तो भकारीले वर्ष दिनसम्म खाना खुवाउन सक्दैन । अन्ततः रोपाईको न मैजारो नै हुन्छ न मंसिर भित्र्याउने मीठो सपना नै देख्न सकिन्छ ।

तटस्थ

सिङ्गो देश उसको विचारबाट प्रभावित भयो । जनताले कुशल नेतृत्वको भागीदार बनाए । समयको कालखण्डमा ऊ दौडिदै थियो । एकपटक ऊ भाषणको मैदानमा उत्रियो । उसले दमदार भाषण गरयो । सबैले तालीको गडगडाहटले स्वागत गरे। ऊ भन्दै थियो, ‘तटस्थ समूह , जिन्दावाद !’

मृत्यु

त्यतिखेरै बिहानले ज्योतिको मुस्लो पायो । कलिलो घामको प्रकाशमा उनीहरूको काया तप्न त पाएन । किनकि उनीहरू पूर्वी दिशाको उकालो चढ्दै थिए । पछाडि पर घाममा कुनै वस्तुको टलक देखियो । भीष्म बूढाले अड्कल काटिहाले, ‘ए को लम्किदै छ तलबाट । देख् त ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्