२८ आश्विन २०८१ सोमबार
image/svg+xml

सागर उदासका तीन गीत

चर्को घाम भएदेखि छायाँ रोज्नुपर्छ, मसानघाटमा पनि मीठो माया खोज्नुपर्छ। मनभित्र बाढी चल्दा मनकै वाँध लाउनु। इन्द्रेनीको सातै रङमा सधैंसधैैं रमाउनु।

सुरेन्द्र देवकोटाका तीन कविता

एक थुँगा लालीगुराँस पोतिदिए जस्तो सजिलो होइन रहेछ पिरती। जुन दिन पूर्वबाट बिस्तारै मेरो ओछ्यानमा ओर्लियो घामको एउटा पातलो धर्सो त्यही दिन म बिउँझिएँ।

दुःखको रङ

म एकनासले हिमालका रङ हेरिरहेथेँ । आफूले हिमालमा भारी बोक्दाका कहरहरू दिमागभरि आएर भावुक भएँछु । आँखाबाट अरुण उर्लिदै थियो । छोरीले भनिन्, ‘बाबा, तपाई सधैं भावुक हुनुहुन्छ ? भावुक भएर बाँच्न कति गारो हुन्छ ? माउन्टेनको रङ हेर्नु न ।’

मुस्कान

प्रतिक्रियामा उल्लेख थियो , ‘रामकृष्णे, तँ जसरी मुस्कुराएको छस् त्यसैगरी तेरो परिवारलाई पनि मुस्कुराउन दिँदो होस् त हामी खुशी भएर कति मीठामीठा कमेन्ट लेख्थ्यौ होला !’

आँखामा मितेरी गाउँको तस्बिर

त्यहाँ राष्ट्रिय गीत गाउँदा सबै जना भावुक भए। कार्यक्रममा वक्ताहरूले चारपाँच मिनेट मात्र बोले। उनीहरूलाई सुनिरहँदा मैले हाम्रा नेताहरूको मुहार सम्झें। कसैले सुनोस् या नसुनोस् हाम्रा नेता घण्टौंसम्म सुर न तालका भाषण छाँट्छन्।

तीन स्रष्टालाई पुरस्कार

साहित्यकार तोया गुरुङलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’, अध्येता उत्तमप्रसाद पन्तलाई ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ र संस्कृतिकर्मी इन्द्रा गहतराजलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ दिइने।

दुस्साहस

म रूखको दुस्साहस देखेर छक्क पर्दै भनेँ, ‘पुसको घामले कहिल्यै पोल्दैन । बरु पुसमा रूखको सियाँँलमा बस्नु भनेको जाडोले थप कठ्याङ्ग्री माग्नु हो । यस्तो मूर्खता कसैले पनि गर्दैनन् ।’

शान्तिको प्रतीक

आफ्नो बाबाको कुरा सुनेर रुपेशका छोराले भन्यो , "बाबा तँपाई र अङ्कल त संसारभर शान्ति फैलाउने अभिव्यक्ति दिनुहुन्छ।सबैलाई शान्तिको पाठ सिकाउनुहुन्छ अनि आफै शान्तिको प्रतीकको हत्या गरेर खान लाज लाग्दैन?"

आर्तनाद

उनले धरमरिँदै भनिन्, ‘हामी आमा हौ बाबू, आमाले दिएको आशीर्वाद लाग्छ । झरेको आँसुले भेट्छ । तर, तिमीलाई आशीर्वाद छ । सधैं पुगिसरी होस् ।’

एउटा पुरानो विम्ब

बा भन्नुहुन्थ्यो, ‘समुन्द्र आफ्नो सफाइ र सुरक्षा आफै गर्छ ।’ यसको अर्थ बाल्यकालमा मैले धेरै कोसिस गर्दा बुझ्न सकेको थिइनँ । अहिले यसको अर्थ बिस्तारै बुझ्दै छु । वास्तवमा हो पनि, त्यत्रो ठूलो समुद्रलाई कसले सफाइ गर्न सक्छ ?

तामाकोसीको फन्कोले दिएका यादहरू

अहिले जब म एक्लो तामाकोसीको फन्को मार्ने यात्रालाई सम्झन्छु, सम्धीको नाकका प्यालमा रुवा कोचिएको श्वासबिनाको अनुहार मेरा समीपमा आउँछ र भन्छ यो जुनी त त्यत्तिकै भयो सम्धीज्यू, अर्को जन्ममा मिल्यो भने तामाकोसीको फन्को सँगै लगाउँला है !

त्यो त्यही नैपाल हो

चूक पोखिएजस्तो चिन्ताको आकाश ओढिरहेका मनहरू, जो धागोबाट फुत्केर किनारा लागेको घुयँत्रोझैं हेर्दाहेर्दै अडेस लगाइरहेका छन् जिन्दगीलाई नै किनारमा।

मरिची

‘अँ..., तिमी पुरुषहरूलाई त हाम्रो मासुको त्यही एक चोक्टो भए पुग्ने रहेछ हैन ? अरू दयामाया केही छैन । कस्तो ढुंगाको मन हो। इज्जत चाहनेले त अरूको नि इज्जत गर्न सिकेको राम्रो।’

क्रन्दनपूर्ण सुहागरात

दुई वसन्त आधा उमेर काट्दा पनि उसको कुनै नरनारीसँग सम्बन्ध नगाँसिनुमा छक्कापन्जा गर्न नजान्ने सरल र शिष्ट केटो भएको बुझिन्छ ऊ। त्यही भएर पनि उभित्र कामन्धहरू अस्मेल हुन्डरी बनेर आउँछ। तर, त्यो कुरा मनमायालाई कसरी थाहा होस्?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्